नेप्सेमा पहिरो, दुई कम्पनीको शेयरमा सर्किट | Khabarhub Khabarhub

नेप्सेमा पहिरो, दुई कम्पनीको शेयरमा सर्किट


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको वृद्धि एक दिन पनि टिक्न सकेन । बिहीबार उच्च अङ्कले उकालो लागेको कारोबार मापक नेप्से पसिरसूचक आज भने पुनः ओरालो लाग्यो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.८७ अङ्कले ओरालो लागेर दुई हजार २८.७७ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.१७ अङ्कले ओरालो लागेर ३८८.६२ मा ओर्लेको छ ।

कूल २२१ कम्पनीका ३६ लाख ६३ हजार २२० कित्ता शेयर रु एक अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ मूल्यमा खरिद बिक्री भए । आज बिहान ११ देखि १ बजेसम्म भएको कारोबारका आधारका बजार पूँजीकरण रु २८ खर्ब ९२ अर्ब ५१ करोड ६४ लाख २० हजार बराबर रहेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने १० उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । व्यापार २५.८१, वित्त ७.१२ र लघुवित्त २९.४८ अङ्कले उकालो लाग्यो । त्यस्तै बैंकिङ ८.३२, होटल तथा पर्यटन २२.१८, विकास बैंक ४९.३४, जलविद्युत् ११.२२, निर्जीबन बीमा १८.२६, उत्पादन ३१.४७, अन्य ८.४५, जीवन बीमा ३३.८५, सामूहिक लगानी कोष ०.०९ र लगानी ०.५९ अङ्कले ओरालो लागेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु पाँच करोड ५७ लाख ४७ हजार ८९३ बराबरको कारोबार भयो । त्यस्तै एसियन लाइफ इन्सुरेन्स रु पाँच करोड २२ लाख ५६ हजार ३२६, नेपाल पुनरबीमा कम्पनी रु चार करोड ९० लाख ४८ हजार १४८, हिमालयन डिस्टिलरी रु चार करोड ६२ लाख दुई हजार ४७१ र एनआइसी एसिया बैंक रु चार करोड ५१ लाख ३२ हजार ६५५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार ओरालो लागेको बजारमा आँधीखोला लघुवित्त र सिवाइसिइल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै नेपाल फाइनान्स ७.७०, मैलुङ खोला जलविद्युत् कम्पनी ६.१७ र किसान लघुवित्तका लगानीकर्ताले ४.८१ प्रतिशतले कमाए ।

यस्तै, स्ट्यान्डर्ड चार्टड बैंक ४.७७, युनाइटेड इन्सुरेन्स ४.०३, लक्ष्मी लघुवित्त ३.७०, आरबिबी म्युचुअल फन्ड एक ३.६७ र जनरल इन्सुरेन्स कम्पनीका लगानीकर्ताले ३.४२ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ४ : ०४ बजे

गौतम, पराजुली, ढकाल र खनाल रास्वपा सचिवालयमा मनोनित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले चारजना नेताहरूलाई सचिवालयमा मनोनित गरेको छ।

किसानलाई सयपत्री टिप्न भ्याइनभ्याइ (तस्बिरहरू)

काठमाडौं– तिहार सुरू भएसँगै काठमाडौंको सेतो गुम्बा क्षेत्रका किसानहरू फूल

रोकिएन रास्वपाको किचलो, सचिवालय विस्तारप्रति तोसिमाको गम्भीर आपत्ति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पछिल्लो समय देखिएको किचलो

आन्दोलनरत नर्सका माग सम्बोधन गर्न समिति गठन 

काठमाडौं– सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन

वीरगञ्जमा झिलीमिली बत्ती लगाउँदा करेन्ट लागेर एकको मृत्यु

वीरगञ्ज– वीरगञ्ज महानगर–१ छपकैयाका १७ वर्षीय युवाको घरमा झिलीमिली बत्ती लगाउने