अफ्रिकाका १२ देशमा मङ्की पक्स सङ्क्रमण : सीडीसी « Khabarhub

अफ्रिकाका १२ देशमा मङ्की पक्स सङ्क्रमण : सीडीसी


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अदिस अबाबा- अफ्रिकाका १२ देशहरूमा हालसम्म मङ्की पक्स सङ्क्रमण एक हजार ७८२ जनामा भेटिएको अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले शुक्रबार जनाएको छ ।

अफ्रिका सीडीसीका कार्यकारी निर्देशक अहमद ओगवेलका अनुसार अफ्रिकामा रिपोर्ट गरिएका एक हजार ७८२ विरामीमध्ये १०४ जनामा मङ्की पक्स सङ्क्रमण पुष्टि भएको र उक हजार ६७८ शंकास्पद सङ्क्रमित रहेका छन् ।

बेनिन, मोरक्को र दक्षिण अफ्रिका यस सङ्क्रमणको महामारी नदेखिएका मुलुक हुन् भने अन्य सदस्य राष्ट्रमा सङ्क्रमितको सङ्ख्या बढेको पाइएको छ ।

“दुःखको कुरा, मङ्की पक्सको प्रकोपले गर्दा यस महादेशमा ७३ जनाको मृत्यु भएको छ र मृत्यु दर ४.१ प्रतिशत पुगेको छ,” सीडीसीका कार्यकारी निर्देशकले बताए।

पहिले कुनै घटना नभएका देशहरू इथियोपिया, गिनी, लाइबेरिया, मोजाम्बिक, सिएरा लियोन, सुडान र युगान्डामा पनि सङ्क्रमित भेटिएका विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ७ : २६ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको

विविधतामै नेपालको शक्ति, सामाजिक सद्भाव जोगाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले नेपालको शक्ति विविधतामा

सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने

नवलपरासी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी

‘संविधान संशोधन गरेर आदिवासी, जनजाति अल्पसङ्ख्यकका हकहितका विषय समेटिनुपर्छ’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज