विद्युत् प्राधिकरणको लापरबाही : करेन्ट लागेर बालिकाको हात गुम्यो « Khabarhub

विद्युत् प्राधिकरणको लापरबाही : करेन्ट लागेर बालिकाको हात गुम्यो


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- नेपाल विद्युत् प्राधिकरणको लापरबाहीले एक बालिकाले हात गुमाउन पुगेकी छिन । त्रियुगा नगरपालिका– ३ मोतिगडाबाट जोगिदह हडिया लगेको एघार हजार भोल्टेजको नाङ्गो तार घरको छतबाट लगेको कारण सो तारमा बालिकाले छुन पुग्दा हात गुमाएकी हुन् ।
मोतीगडाका सन्तोष बरालको घरको छतबाट प्रसारण लाइन लादा सोही घरमा डेरा गरी बस्ने भरत दाहालकी छोरी कृष्टिना दाहाल करेन्ट लागेर गम्भीर घाइते भएकी छन् । विद्युत् प्राधिकरणले घरको छतमा हाइभोल्डेजको तार लगेको कारण बालिकालाई करेन्ट लागेको स्थानीयले बताए । छतमा खेल्ने क्रममा हाईभोल्डेजको तारमा छुँदा कृष्टिना गम्भीर घाइते भएकी छन् ।
करेन्ट लाग्ने बित्तिकै तत्काल उदयपुर जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागी काठमाडौं लगिएको छ । करेन्ट लागी घाइते भएकी कृष्टिनाको दाहिने हात काट्नु पर्ने चिकित्सकले बताएको परिवारले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ९ : १९ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज