व्यवसायिक रुपमा उत्कृष्ट कृषि पशुपालन गरेका दैलेखका ४३ किसान पुरस्कृत « Khabarhub

व्यवसायिक रुपमा उत्कृष्ट कृषि पशुपालन गरेका दैलेखका ४३ किसान पुरस्कृत


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– व्यवसायिक रुपमा कृषि पशुपालन गरेको भन्दै दैलेखका ४३ उत्कृष्ट किसान पुरस्कृत भएका छन् ।

व्यवसायिक रुपमा कृषि तथा पशुपालन पेसा अँगाल्दै आएका ४२ जना किसान र एउटा सहकारी पुरस्कृत भएका हुन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले उत्कृष्ट किसानहरुलाई प्रोत्साहन तथा सम्मान गरेको हो ।

कार्यालयको वार्षिक कार्यक्रम अन्तरगर्त भैरबी गाउँलिका–७ को उज्यालो साना किसान सहकारी संस्था २० हजार रुपैयाँ नगद पुरस्कारसहित मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट सम्मानित भएको छ ।

यस्तै किसान प्रोत्साहनतर्फ ३१ जना किसान नगद पुरस्कार सहित सम्मानित भएका छन् ।

सम्मानित हुने किसानहरुमा राना कृषि तथा पशुपंक्षी फर्मका रोहितकुमार राना, प्रेमबहादुर खड्का, जनकबहादुर कटुवाल, नवराज जैसी, माधवप्रसाद जैसी, सिता अधिकारी, जयबहादुर थापा, लोकबहादुर बोगटी, पृथ्विबहादुर बस्नेत, हरिबहादुर बस्नेत, तिर्थराज बस्नेत, टोपबहादुर बागटी छन् ।

यस्तै गगनबहादुर बस्नेत, तिलबहादुर बस्नेत, विष्णुबहादुर बस्नेत, गगनबहादुर आले, कृष्णबहादुर आरसी, विनोद रोकाय, रतनबहादुर शाही, सम्झना बुढा, दिपक केसी किसान प्रोत्साहनतर्फ नगदसहित सम्मानित भएका छन् ।

प्रोत्साहनतर्फ भैसी पालन समेत गरिरहेको दुल्लु नगरपालिका–२ को नरेश्वर उद्यमशिल आधारभुत विद्यालय समेत ३० हजार रुपैयाँ सहित सम्मानित भएको छ ।

त्यसैगरी ठाटीकाँध गाउँपालिका–६ को न्यू देउती कृषि तथा पशुपंक्षी फर्म सञ्चालक नेमबहादुर विस्ट, आठबीस नगरपालिका–३ को जैसी कृषि तथा पशुपंक्षी फर्म, भैरबी गाउँपालिका–७ को आचार्य कृषि तथा पशुपंक्षी पालन फर्म, झरना कृषि तथा पशुपंक्षी पालन फर्म समेत प्रोत्साहन कार्यक्रम अन्तरगर्त नगदसहित सम्मानित भएका छन् ।

प्रोत्साहन कार्यक्रमबाटै किसानहरु रमा लामिछाने, नन्दा थापा, झलक प्रसाद पौड्याल, शान्ता शाही र र लछुमन बुढा समेत सम्मानित भएका छन् ।

मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार अन्तरगर्त कर्णबहादुर शाही, टेकबहादुर थापा, पदमबहादुर बुढा, रुद्धप्रसाद सुवेदी, भवानीप्रसाद भट्टराई, रमादेवी शाही, नैनबहादुर रोकाय, कृष्णलाल जैसी, दिपक विसी, किशोरकुमार थापा र शेरबहादुर सिजापति नगदसहित पुरस्कृत भएका हुन् । उनिहरुलाई जनहि १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

पशु सेवा कार्यालयले शुक्रवार उत्कृष्ट कृषक प्रोत्साहन तथा सम्मान कार्यक्रम आयोजना गरि किसानहरुलाई पुरस्कारसहित सम्मान गरेको हो ।

उक्त कार्यक्रममा प्रतिनीधि सभाका सांसद रविन्द्रराज शर्माले कृषि व्यवसायलाई व्यवसायीकरण गर्नका लागि संघ, प्रदेश र स्थानीय तहले नविनतम् कार्यहरु अघि सारेको बताए । उनले अब कृषि तथा पशुपालन व्यवसायलाई सामुहिकीरण गर्नुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले व्यवसायिक रुपमा कृषि तथा पशुपालन पेसा अँगाल्दै आएर पुरस्कृत एवं सम्मानित भएका किसानहरुले टोल छिमेकका अन्य घरपरिवारलाई समेत कृषि पेशामा आबद्ध गराउन पहल गर्नुपर्ने बताए ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख भिमबहादुर विस्टले उत्कृष्ट कृषक प्रोत्साहन तथा सम्मान कार्यक्रमका लागि आवेदन पेश गरेका किसानहरुको घर–घरमा पुगेर अनुगमन गरेपछि मापदण्ड पुगेका आधारमा छनौट गरी पुरस्कृत एंव सम्मान गरिएको बताए ।

प्रमुख विष्टले कार्यालयले प्रमुख तीन वटा कार्यक्रमलाई प्राथमिकता दिएर सञ्चालन गरिरहेको जानकारी दिए । कार्यालयबाट व्याज अनुदान, लागत साझेदारी, लक्षित वर्ग विशेष कार्यक्रम सञ्चालन गरिएको प्रमुख विस्टले बताए ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १० : २३ बजे

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ