तरकारीको मूल्य वृद्धि, उपभोक्ता मारमा « Khabarhub

तरकारीको मूल्य वृद्धि, उपभोक्ता मारमा


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– पछिल्ला महिनामा खाने तेल, साग तरकारीलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्य वृद्धिले विपन्न वर्गलाई बढी असर पुर्‍याएको छ । मूल्य वृद्धिसँगै कमजोर आर्थिक अवस्था भएका विपन्न परिवारलाई साँझ बिहान पकाएर खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको छ । खाने तेलको मूल्य महिनैपिच्छे वृद्धि भइरहेको छ ।  दुई महिनाअघि प्रतिलिटर रु ३५० मूल्य रहेको यो तेलको मूल्य हाल रु ३६० पुगेको छ । तोरी पर्याप्त मात्रामा नपाउँदा बढेको तोरीको मूल्यसँगै तेलको मूल्य पनि वृद्धि गर्नुपरेको तेल उत्पादक व्यापारीको भनाइ छ । दुई महिना अघिसम्ममा प्रतिकिलो रु ६० देखि रु ७० पर्ने गोलभेँडाको मूल्य बढेर अहिले रु १६० पुगेको छ ।

यसैगरी प्रतिकिलो भिन्डी रु ७०, काउली रु ९०, रायो रु १००, घिउसिमी रु ७०, तनेबोडी रु १०० नयाँ आलु रु ६०, पुरानो आलु रु ३५ पुगेको छ । प्रतिकिलो हरियो खोर्सानी रु १५०, लौका र फर्सी रु ४० देखि ५० पुगेको छ ।  लौका र फर्सीको मूल्य स्थिर रहेपनि अन्य उपभोग्य वस्तुको मूल्य बढेको उपभोक्ताले बताएका छन् । साग र तरकारीको चर्को मूल्य वृद्धिसँगै यसको कारोबार व्यापारीले किलोमा भन्दा पाउको हिसाबमा गर्न थालेका छन् । ‘साग र तरकारीको मूल्य छोइनसक्नु भएको छ’, स्थानीयवासी डबलबहादुर बोहराले भने, ‘तरकारी र खाना पकाउने ग्यासको मूल्य महँगो हुँदा विपन्न समुदाय निकै मारमा परेका छन् ।’

अर्का उपभोक्ता नारायण चौधरीले हुने खानेले बढी मात्रामा प्रयोग गरिरहेको पेट्रोल, डिजेलमा मूल्य घटाउनुपर्ने तर विपन्न वर्गको प्रयोगमा रहेको खाना पकाउने ग्यासको मूल्य नघटाउने सरकारको नीति गरिबमारा रहेको आरोप लगाए ।अन्य महिनाको भन्दा वर्षायाममा तराईका जिल्लामा सागलगायत तरकारी उत्पादन निकै कम परिमाण भएको । 

तराईका सहरी क्षेत्रमा यसको माग पूरा गर्न पहाडी जिल्लाबाट साग र तरकारी आउने गरेकाले वर्षामा यसको मूल्य पनि वृद्धि हुने गर्दछ  तर अहिलेको वर्षामा अचाक्ली ढङ्गले मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो थियो ।  मूल्य वृद्धि अस्वभाविक ढङ्गले बढ्दै गए पनि यसको अनुगमन गरी मूल्य नियन्त्रण गर्नेतर्फ कसैको पहल नभएको उनीहरूको भनाइ थियो । 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  १२ : १८ बजे

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की– पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित

टोलीभित्र कुनै तनाव छैन, रोनाल्डो हाम्रा रोल मोडल हुन्: प्रशिक्षक मार्टिनेज

काठमाडौँ – पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टोली पहिलेभन्दा

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल