संसदमा अमर्यादित व्यवहार भयो, कांग्रेसले बालहठ देखायो : प्रधानमन्त्री ओली « Khabarhub

संसदमा अमर्यादित व्यवहार भयो, कांग्रेसले बालहठ देखायो : प्रधानमन्त्री ओली


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सम्बोधन गर्न खोजेको बेला मंगलबार प्रतिनिधिसभा बैठकमा अमर्यादित व्यवहार भएको बताएका छन् ।

नेपाली कांग्रेसका कारण संसद बैठक अवरोध भएपछि पत्रकार सम्मेलन गरेको प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल (नेपाली कांग्रेस)बाट बालहठ प्रदर्शन भएको पनि बताए ।

‘अगाडिदेखि तय भएको, प्रधानमन्त्रीले बोल्ने भन्ने । तर, प्रधानमन्त्रीभन्दा अगाडि आफूले बोल्नु पाउनुपर्ने भनेर नेपाली कांग्रेसले अड्डी लियो,’ ओलीले भने, ‘अड्डि मात्रै लिएन, प्रधानमन्त्रीलाई बोल्न रोक्नका लागि रोस्टम घेरेर संसदको काम–कारबाहीमा अवरोध पनि गर्‍यो ।’

कुनै विषयमा मतभेद नभए पनि कांग्रेसले मंगलबारको बैठक अवरोध पारेको बताए ।

‘लोकतान्त्रिक अभ्यासअनुसार अरुले बोल्नुपर्दा पहिले प्रधानमन्त्री, त्यसपछि विपक्षी दलको नेताले र त्यसपछि बरियता क्रमानुसार अरुले बोल्ने चल विश्वव्यापी चलन हो,’ प्रधानमन्त्री ओलीले भने ।

कांग्रेस सभापति शेरबहादुर देउवा आफैंले पहिले मैले बोल्न पाउनुपर्छ भन्दै अवरोध गर्न उत्रेको उल्लेख गर्दै ओलीले भने, ‘उहाँलाई संसदीय मर्यादा थाहा हुनुपर्ने ।’

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ५ : १६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका