‘प्रसाद २’ को घोषणा « Khabarhub

‘प्रसाद २’ को घोषणा


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘प्रसाद’ को सिक्वेल ‘प्रसाद २’ को घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा फिल्मको औपचारिक घोषणा गरिएको हो । दिनेश राउत निर्देशित प्रसादको सिक्वेललाई भने सुदर्शन थापाले निर्देशन गर्नेछन् ।फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापाको अभिनय रहनेछ । प्रसादमा देखिएका निश्चल बस्नेत यसपटक फिल्ममा छैनन् । 

No description available.अभिनेता विपिन कार्कीले सिक्वेलमा आफ्नो चरित्र परिपक्व भएको तर सिक्वेल भएकाले अपेक्षा पूरा गर्ने चुनौती पनि महसुस भएको बताएका थिए । पहिलो र दोस्रो दुवै भागको कथा लेखक सुशील पौडेलले पहिलो फिल्मको ब्याज खान नभई साँचो अर्थमा नै सिक्वेल बनाउन लागेको बताए । उनले फिल्मका मुख्य पात्र बाबुराम र नारायणी सहरबाट गाउँ फर्किने र गाउँ फर्केपछि आउने उतारचढावलाई फिल्मले प्रस्तुत गर्ने बताए । फिल्मको सुटिङ पोखराको हेम्जाकोटमा हुनेछ ।

फिल्म तिहारमा रिलिज गर्ने तयारी निर्माण पक्षको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ५ : ४० बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान