दाङमा ग्यासको ढुवानी मूल्य एक सय रुपैयाँ « Khabarhub

दाङमा ग्यासको ढुवानी मूल्य एक सय रुपैयाँ


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा ग्यासको ढुवानी मूल्य बढाइएको छ । यसअघि ग्यास डिलरबाट उपभोक्ताको घरसम्म ग्यासको सिलिन्डर पुराएको ५० लिँदै आएकोमा भोलिदेखि १ सय रुपैयाँ लिइने भएको छ ।
दाङ देउखुरी ग्यास बिक्रेता संघको घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । संघका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा तथा सहसचिव लोकबहादुर वली, कोषाध्यक्ष तिलकबहादुर रोका, सदस्य गोपाल आचार्य, कोमलराज पाण्डे, शेषमणि खनाल र ग्यास बिक्रेताहरूको उपस्थितिमा बसेको बैठकले ढुवानीमा ५० रुपैयाँ बढाउने निर्णय गरेको हो ।
यसअघि ग्यास ढुवानी नूतनतम ५० रुपैयाँ लिँदै आएकोमा पछिल्लो समयमा अधिकांश वस्तुमा महँगाइ बढेकाले भोलिदेखि लागू हुने गरी ग्यासको ढुवानी न्यूनतम सय रुपैयाँ लिने निर्णय गरेको छ ।
हाल ग्यासको विक्री मूल्य १८ सय र ढुवानीसहित १८५० लिइँदै आएकोमा भोलिदेखि ढुवानी सहित १९ सय रुपैयाँ उपभोक्ताले तिर्नुपर्ने दाङ देउखुरी ग्यास बिक्रेता संघले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ९ : ३७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना