साउदीका ८ हजार नेपाली श्रमिकको गुनासो दूतावासको फेसबुक लाइभमा « Khabarhub

साउदीका ८ हजार नेपाली श्रमिकको गुनासो दूतावासको फेसबुक लाइभमा



दोहा – रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकहरूको गुनासो सुन्न रियादस्थित नेपाली दूतावासले फेसबुक लाइभ कार्यक्रम सुरु गरेको छ ।

करिब चार लाख नेपाली श्रमिक कार्यरत रहेको साउदी अरबमा नेपाली श्रमिकहरूको माग अनुसार नै दूतावासको आधिकारिक फेसबुक पेजबाट कार्यक्रम शुरु गरिएको दूतावासले जनाएको छ ।

यहाँ कार्यरत रहेका श्रमिकले भोग्नु परेको समस्या र दूतावासले दिने सेवा सुविधाको बारेमा हरेक हप्ता वा मासिक रुपमा जानकारी दिने उद्देश्यले शुक्रबारबाट दूतावासले फेसबुक पेजबाट कार्यक्रम सुरु गरेको हो । पहिलो लाइभ कार्यक्रममार्फत साउदीमा कार्यरत रहदा गर्न हुने र गर्न नहुने कामको बारेमा पनि दूतावासले जानकारी गराएको छ ।

भर्खरै नेपालबाट साउदी आएका नयाँ कामदारहरूलाई कम्पनीका सुपरभाइजर वा क्याम्प बोसले कुटपिट गरेको भन्ने दूतावासमा गुनासो आएको जनाउँदै त्यस्तो भए तत्काल साउदी प्रहरीलाई खबर गर्न र पछि दूतावासलाई पनि जानकारी गराउन आग्रह गरेको छ ।

कुनै पनि बहानामा आफू बसेको बासस्थान नछोड्न र त्यहीँबाट कानुनी उपचार खोज्न पनि दूतावासले अनुरोध गरेको छ । प्रायजसो त्यहाँ कार्यरत नेपालीहरूले दूतावासले फोन नउठाउने गरेको गुनासोमा कुनै सत्यता नरहेको र दूतावासको एक जना कर्मचारीले बिहान ९ देखि बेलुका ५ बजेसम्म फोन उठाउने गरेको जनाएको छ ।

गएको जुन महिनामा मात्र दूतावासले ८ हजार ७ सय फोनको रेक्सपोन्स गरेको जनाएको छ । रियादमा २१ र महाबाणिज्य दूतावास जेद्धामा १० जना कर्मचारी मात्र रहेकाले सिमित कर्मचारीका कारण कहिलेकहिँ फोन व्यस्त भएकोले मात्र फोन नउठ्ने गरेको जनाएको छ ।

अब चाँडै महाबाणिज्य दूतावास जेद्धाले पनि फेसबुक लाइभ कार्यक्रम थाल्ने र एक हप्ता रियादले र अर्को हप्ता जेद्धाले कार्यक्रम गर्ने दूतावासले जनाएको छ ।

यसअघि मलेसियास्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली श्रमिकको समस्या तथा गुनासो सुन्न हरेक शुक्रबार दूतावासको आधिकारिक फेसबुक पेज मार्फत लाइभ कार्यक्रम गर्दै आएको छ ।

नेपाली दूतावास मलेसियाले गरेको लाइभ कार्यक्रम प्रभाकारी देखिएपछि साउदीमा कार्यरत नेपालीहरूले पनि फेसबुक लाइभ कार्यक्रम गर्न दबाब दिँदै आएका थिए ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ६ : १४ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा