शनिवार सवारी चलाउन मेयरले लिए अनुमति « Khabarhub

शनिवार सवारी चलाउन मेयरले लिए अनुमति


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन चलाउन अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले पनि शनिबार प्रमुख जिल्ला अधिकारीबाट अनुमति पत्र (पास) लिएर नगरको गाडी प्रयोग गरेका छन् ।

योजना अनुगमन, निरीक्षण, बैठकलगायतमा सहभागी हुने प्रयोजनका लागि नगरप्रमुख श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालयले अनुमति पत्र उपलब्ध गराएको हो ।

नगरप्रमुखले चढ्ने ध. १ झ १७ नम्बरको गाडी गण्डकी प्रदेशभित्र चल्न पाउने गरी ‘पास’ दिइएको कार्यालयले जनाएको छ । अत्यावश्यक सेवा तथा कामका लागि सार्वजनिक बिदाका दिनमा सरकारी सवारीसाधन प्रयोग गर्दा प्रजिअले जारी गरेको अनुमति पत्र अनिवार्य चाहिने व्यवस्था छ ।

यो नियम स्थानीय तहका पदाधिकारी र कर्मचारीका हकमा प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । सार्वजनिक खर्च घटाउन र बढ्दो पेट्रोलियम पदार्थको खपतलाई दृष्टिगत गर्दै सरकारले बिदाका दिन सरकारी सवारीसाधन प्रयोगमा अहिले थप कडाइ गरेको छ ।

प्रजिअ रमेश ढकालले सार्वजनिक बिदाका दिनमा अनुमति पत्र नलिई प्रयोग गरेमा जुनसुकै सरकारी सवारीसाधनलाई नियन्त्रणमा लिइने बताउनुभयो ।

‘स्थानीय तहसहित सबै सरकारी निकायलाई यो कुरा भनेका छौँ, बुझाएका छौँ, यो हामी सबैको हितका लागि हो’, उनले भने, ‘जनप्रतिनिधिहरुले पनि अनुमति पत्र लिएर मात्र हिँड्न थाल्नुभएको छ, यसलाई सकारात्मक लिनुपर्छ ।’

सार्वजनिक बिदा पारेर सरकारी सवारीसाधनको दुरुपयोग भएका घटनाहरु पनि बेला बेला सार्वजनिक हुने गर्छन् । कार्यालयको सवारीसाधन लिएर घुम्न निस्कने, पारिवारिक कामका लागि प्रयोग गर्ने प्रवृत्ति कर्मचारीहरुमा छ । त्यसलाई निरुत्साहित गर्न प्रशासन र ट्राफिक प्रहरी लागिपरेको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ६ : २४ बजे

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार