शनिवार सवारी चलाउन मेयरले लिए अनुमति | Khabarhub Khabarhub

शनिवार सवारी चलाउन मेयरले लिए अनुमति


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन चलाउन अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले पनि शनिबार प्रमुख जिल्ला अधिकारीबाट अनुमति पत्र (पास) लिएर नगरको गाडी प्रयोग गरेका छन् ।

योजना अनुगमन, निरीक्षण, बैठकलगायतमा सहभागी हुने प्रयोजनका लागि नगरप्रमुख श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालयले अनुमति पत्र उपलब्ध गराएको हो ।

नगरप्रमुखले चढ्ने ध. १ झ १७ नम्बरको गाडी गण्डकी प्रदेशभित्र चल्न पाउने गरी ‘पास’ दिइएको कार्यालयले जनाएको छ । अत्यावश्यक सेवा तथा कामका लागि सार्वजनिक बिदाका दिनमा सरकारी सवारीसाधन प्रयोग गर्दा प्रजिअले जारी गरेको अनुमति पत्र अनिवार्य चाहिने व्यवस्था छ ।

यो नियम स्थानीय तहका पदाधिकारी र कर्मचारीका हकमा प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । सार्वजनिक खर्च घटाउन र बढ्दो पेट्रोलियम पदार्थको खपतलाई दृष्टिगत गर्दै सरकारले बिदाका दिन सरकारी सवारीसाधन प्रयोगमा अहिले थप कडाइ गरेको छ ।

प्रजिअ रमेश ढकालले सार्वजनिक बिदाका दिनमा अनुमति पत्र नलिई प्रयोग गरेमा जुनसुकै सरकारी सवारीसाधनलाई नियन्त्रणमा लिइने बताउनुभयो ।

‘स्थानीय तहसहित सबै सरकारी निकायलाई यो कुरा भनेका छौँ, बुझाएका छौँ, यो हामी सबैको हितका लागि हो’, उनले भने, ‘जनप्रतिनिधिहरुले पनि अनुमति पत्र लिएर मात्र हिँड्न थाल्नुभएको छ, यसलाई सकारात्मक लिनुपर्छ ।’

सार्वजनिक बिदा पारेर सरकारी सवारीसाधनको दुरुपयोग भएका घटनाहरु पनि बेला बेला सार्वजनिक हुने गर्छन् । कार्यालयको सवारीसाधन लिएर घुम्न निस्कने, पारिवारिक कामका लागि प्रयोग गर्ने प्रवृत्ति कर्मचारीहरुमा छ । त्यसलाई निरुत्साहित गर्न प्रशासन र ट्राफिक प्रहरी लागिपरेको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ६ : २४ बजे

विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित पक्राउ

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित

प्रभासको फिल्म ‘द राजा साब’को टिजरले पायो चर्चा, दर्शकबाट मिश्रित प्रतिक्रिया

काठमाडौं – दक्षिण भारतीय नायक प्रभासको आगामी फिल्म ‘द राजा

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

एजेन्सी – गाजा पट्टीका धेरै क्षेत्रमा सहायता खोज्नेहरू, घरहरू र

भोटेकोशी र सुनकोशीमा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक जिल्ला भएर बग्ने भोटेकोशी