अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज | Khabarhub Khabarhub

अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज लुकाएको छ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जय प्रसाद पौडेलले सूचनाको हक अन्तर्गत उक्त दिनको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज माग्दा मन्त्रालयले लुकाएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ गते प्रतिनिधि सभामा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गरेका थिए ।

बजेट पेस गरेको केही दिनपछि जेठ १४ गते राती (बजेट पेस गरेको अघिल्लो दिन) मन्त्री शर्माले मन्त्रालयमा दुई जना अनधिकृत व्यक्तिलाई प्रवेश दिई केही कम्पनीको हितमा हुने गरी राजस्वको दर तलमाथि गरेको खुलासा मिडियाले गरेका थिए ।

त्यसपछि उक्त दिनको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज उपलब्ध गराइदिन भन्दै पौडेलले असार १४ गते निवेदन दिएका थिए । निवेदनमा उनले २०७९ जेठ १४ गते बेलुका ६ बजेदेखि २०७९ जेठ १५ गते बिहान ६ बजेसम्मको सीसीटीभी फुटेज माग गरेका थिए ।

अर्थ मन्त्रालयले निवेदनको जवाफ आज पौडेललाई दिएको छ । जवाफमा मन्त्रालयले भनेको छ, ‘मन्त्रालयमा जडान भएको सीसीटीभीको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनसम्मको मात्र सीसीटीभी फुटेज अभिलेखमा रहने र तत्पश्चात् पहिलेको अभिलेख त्रमसः मेटिँदै जाने भनी लेखि आएको हुँदा सोही ब्यहोरा सूचना तथा जनकारी गराइएको आदेशअनुसार अनुरोध गर्दछु ।’

अर्थ मन्त्रालयको यो भनाई सरकारले २०७२ सालमा लागू गरेको सीसीटीभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि विपरीत पाइएको छ ।

कार्यविधिमा सीसीटीभी फुटेज कम्तीमा तीन महिनासम्म सुरक्षित राख्नु पर्ने उल्लेख छ । तर अर्थ मन्त्रालयले १३ दिन भन्दा बढीको सीसीटीभी फुटेज नरहने बताएको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ५ : ४१ बजे

मापदण्डविपरीत सञ्चालित स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्डविपरीत स्वास्थ्यसेवा सञ्चालन गरिरहेका सेवाप्रदायक

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

काठमाडौं– सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको

सानिमा बैंकमा नक्कली खाता खोलेर वैदेशीक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– देशमा पछिल्लो समय ठगीका घटना निकै बढिरहेका छन् ।

गालीको राजनीतिका कारण दलहरुबीच तिक्तता खडा भयो : सभापति देउवा

काठमाडौं– नेपाली काँग्रेसका सभापति शेरबहादुर सभापति देउवाले अहिलेको चुनौतीको सामना

देशमा चुनौती देखियो, कांग्रेस एकढिक्का हुने समय आयो : देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देशमा देखिएको चुनौती