काँग्रेसका पुराना नेताहरूसँग शेखर कोइरालाले गरे छलफल « Khabarhub

काँग्रेसका पुराना नेताहरूसँग शेखर कोइरालाले गरे छलफल


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसका पुराना नेताहरूसँग छलफल गरेका छन् ।

राजधानीमा पार्टीको पछिल्लो अवस्थाका बारेमा उनले नेताहरूसँग छलफल गरेको कोइरालाको सचिवालयले जनाएका छन् ।

छलफलमा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी, नेताहरू तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, ओमकार श्रेष्ठ, विनयध्वज चन्द, विपिन कोइराला सहभागी थिए ।

डा कोइरालाले सहभागीहरुलाई “तपाईंहरुले पार्टीका निम्ति धेरै ठूलो योगदान गर्नुभएको छ र लामो अनुभव पनि छ । अहिले पार्टी कमजोर अवस्थामा पुग्यो । देशभरका साथीहरु निराश छन्, भनेर छलफल थालेका थिए ।

उनले पुराना नेताहरूलाई पदमा नभए पनि अनुभवका आधारमा आ-आफ्नो स्थानबाट सक्रिय भएर सल्लाह र सुझाव दिनसमेत सुझाव दिएका थिए ।

सहभागीहरुले डा शेखर कोइरालालाई थप जिम्मेवार हुँदै समन्वयकारी भुमिका खेलेर पार्टी बचाउन सुझाव दिँदै विभिन्न राय दिएका थिए ।

सहभागीहरूले नेपाली काँग्रेस पार्टीजस्तो नरहेको, पार्टीमा आदर्श, इमान, त्याग र निष्ठाको राजनीति नरहेको, पार्टी ठेकेदारी प्रथामा चल्न थालेको बताका थिए ।

साथै उनीहरूले पार्टीले गठबन्धनबारे पुनर्मूल्याङ्कन नगरे र संघ र प्रदेशको निर्वाचनपछि काँग्रेसको अस्तित्व नै संकटमा पर्ने बताएका थिए ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  १० : १५ बजे

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।