यसकारण बिग बोस गएनन् राजेश खन्ना « Khabarhub

यसकारण बिग बोस गएनन् राजेश खन्ना


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता राजेश खन्नाले एकपछि अर्को गर्दै १५ हिट फिल्म दिए । जुन रेकर्ड आजसम्म बलिउडमा कसैले तोड्न सकेको छैन । सन् १९६९ देखि १९७१ सम्म लगातार १५ हिट फिल्म दिएका राजेशप्रति युवतीहरू मोहित थिए । तर एक समय यस्तो पनि आयो कि फ्यान उनीबाट टाढिए र उनले काम नै पाएनन् ।

कुरा सन् २००९ को हो । राजेश काम नपाएपछि तनावमा थिए र अधिकांश समय आफ्नो अफिसमा बसेर बिताउँथे । उनी घरमा केवल सुत्न मात्र जान्थे । त्यो समयमा राजेशलाई कलर्स च्यानलको प्रतिनिधिद्वारा कलर्सको शो ‘बिग बोस’ होस्ट गर्न प्रस्ताव गरेका थिए । राजेशले तुरुन्तै यो कुरामा सहमति जनाउँदै उनले अमिताभ बच्चनले पाएभन्दा बढी पारिश्रमिकको माग गरे ।

यो कुरा सुनेर उनलाई प्रस्ताव लैजाने प्रतिनिधिको होसहवास नै उड्यो । उनीहरूले राजेशलाई भेट्न भोलिपल्ट आउँछु भने पनि उनीहरू कहिल्यै फर्किएनन् । संयोगले यो होस्ट अमिताभले नै चलाउने मौका पाए ।

पछि पुनः एकपटक कलर्स च्यानलले राजेशलाई प्रतिस्पर्धीका रूपमा प्रस्ताव गर्‍यो । जसका लागि उनलाई साढे तीन करोड रुपैयाँ दिने अफर गरियो । राजेशले एक सर्तसहित प्रस्ताव स्वीकारे । राजेशले आफूलाई बिग बोसको घरमा मदिराको व्यवस्था हुनुपर्ने माग राखे । किनकि उनी मदिराबिना बाँच्न सक्दैन थिए । तर उनको प्रस्तावलाई निर्माताले स्वीकारेनन् । यी दुई कारणले निर्मातासँग कुराकानी भए पनि राजेश बिग बोसमा उपस्थित भएनन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  २ : ४२ बजे

मलेसिया उड्न लागेका एनएसीका कर्मचारी ठूलो परिमाणमा विदेशी मुद्रासहित समातिए, २६ पटक गइसकेका थिए विदेश

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५४ लाख ७१ हजार रुपैयाँ

भारतीय विदेश मन्त्रालयको टिप्पणीपछि प्रधानमन्त्रीसँग भीम रावलले मागे जवाफ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले

पूर्णबहादुरको पुरानै सक्रियताले गगनलाई समस्या

काठमाडौं- गत पुस मसान्तमा नेपाली कांग्रेसले दोस्रो विशेष महाधिवेशनमार्फत् नेतृत्व

प्रधानमन्त्रीले माफी नमागेसम्म सदन अवरोध जारी रहन्छ : प्रमुख सचेतक थापा

काठमाडौं– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीले संसद्मा दिएको

प्रधानमन्त्रीज्यू, सदनमा आएर जवाफ दिनुहोस् : सांसद तामाङ

काठमाडौं–  प्रतिनिधिसभाकी सत्तापक्ष सांसद आशिका तामाङले राष्ट्रियताजस्ता संवेदनशील विषयमा सत्ता