यसकारण विवादमा आउँछिन् पुनम  « Khabarhub

यसकारण विवादमा आउँछिन् पुनम 


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय मोडल पुनम पाण्डे प्राय विवादमा आइरहन्छिन् । उनलाई उनकै भिडियोले विवादमा ल्याउने गर्छ । केहि फिल्ममा समेत अभिनय गरेकी पूनमलाई उनको ग्लामर छविकै कारण दर्शकले स्मरण गर्ने गरेका छन् ।

केहि समय अगाडी आफ्नो एक प्लेटफर्म क्रिएट गरेर एडल्ट सामग्री समेत अपलोड गर्ने गरेकी पूनमले एक शोमा आफूले यी सम्पूर्ण हर्कतहरु चर्चाकै लागि गरेको बताएकी छिन् । उनले क्यामरा अगाडी देखिने पुनम फरक रहेको बताउदै भारतीय कानुन विपरित कुनै कार्य नगरेको बताएकी छिन् ।

‘म एकदमै नर्मल छु । म कन्ट्रोभर्सीमा रमाउने केटी होइन । यद्यपि सल्लाह गलत पाउँदा र बलिउडमा स्थापित हुन् मैले ती सब कार्य गरेकी हुँ’ पुनमले भनिन् । उनले आफू टिनएज पार गरे लगतै बलिउडमा आएको हुँदा पनि सही निर्णय लिन नसकेको स्विकारिन । उनले आफूले केही नगर्नु पर्ने कार्यहरू गर्नुमा गलत सल्लाह नै रहेको बताइन । ‘मलाई जे सल्लाह दिइयो, त्यही अनुसार अगाडी बढे । यदि लाइफमा पछाडी फर्किन पाए भने ती सब सच्याउँछु’ उनले भनिन् ।

यद्यपि उनले आफूले बनाउने गरेको भिडियो एडल्ट नभई इरोटिक रहेको बताइन । उनले आफूले खिचेको भिडियो र फोटोले भारतीय कुनै कानुन नतोडेको जिकिर गर्दै त्यो इरोटिक भिडियो रहेकोमा जोड दिइन् । ‘मेरो इरोटिक भिडियोलाई अन्य तरिकाले बुझ्नु हुन्छ भने त्यो तपाइको बुझाइ हो । जे गर्छु, आफ्नो अनुसार गर्छु र त्यो स्विकार्न तयार पनि छु । तर, हरेकको बुझाइ फरक हुन्छ । मैँले निर्माण गरेर सार्वजनिक गर्ने इरोटिक भिडियोहरू कामसूत्रको नजिक भएता पनि त्यो एक किसिमको आर्ट हो’ पुनमले भनिन् ।

चर्चाका साथै बलिउडका ठुला ब्यानर माझ नोटिस हुन् आफूले पछिल्ला तमाम हरकत गरेको स्विकार्दै यथार्थ बुझेको समेत उनले बताइन । उनले चर्चा र ट्यालेन्टको फरक बुझिसकेको बताइन । ‘कन्ट्रोभर्सी त केही समयको हो । केही बन्न त ट्यालेन्ट नै चाहिन्छ । मैले त्यो तथ्यलाई बल्ल बुझे’ पुनमले भनिन् । पछिल्लो समय पुनम फिल्ममा देखिएकी छैनन् । यद्यपि उनले केही सिरिजहरू गर्न सक्ने खबरहरू आइनै रहेका छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ५ : ४४ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका