हलिउड शैलीमा सिनेम्याटिक युनिभर्स बनाउँदै रोहित  « Khabarhub

हलिउड शैलीमा सिनेम्याटिक युनिभर्स बनाउँदै रोहित 


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलिउड फिल्म झैँ बलिउडमा पनि सिनेम्याटिक युनिभर्स बन्न थालेका छन् । निर्देशक रोहित शेट्टीले कप युनिभर्स बनाइसकेका छन् भने यशराज फिल्मसले ‘स्पाइ युनिभर्स’ तयार गरिरहेको छ । यस्तै , करण जोहरले पनि ब्रह्मास्त्र मार्फत सिनेम्याटिक युनिभर्स तयार गर्दैछन् । जसमा अमिताभ बच्चन , नागार्जुन , शाहरुख खान लगायत हुने अनुमान गरिएको छ । यस्तै निर्देशक लोकेश कनगराजले आफ्नै युनिभर्स तयार गर्दैछन् । यसपटक उनले कैथीसँग विक्रमको कास्टलाई जोडे । 

यस्तै , केजीएफसलार जोडेर ‘मोनस्टर’ युनिभर्सको तयारीमा निर्देशक प्रशान्त नील छन् । उनले यश र प्रभासलाई एकै फिल्ममा ल्याउने तयारी गरिरहेका छन् । अन्य निर्देशक फिल्मकै युनिभर्सको तयारीमा जुट्दा निर्देशक रोहित शेट्टी भने हलिउड शैलीमा अगाडि बढेका छन् । उनले ‘कप युनिभर्स’ लाई सानो पर्दासम्म पुर्याएका छन् । ‘सिंघम’बाट पुलिसको कथालाई फिल्ममा देखाइरहेका रोहितले त्यसलाई सिम्बासूर्यवंशीसम्म पुर्‍याइसकेका रोहितले पुलिसकै कथामा सिरिज समेत ल्याउँदैछन् ।

कप युनिभर्समा ‘सिंघम’ बाट सिम्बा हुँदै सूर्यवंशी समेत सामेल छन् । अब उनले यसमा इन्डियन पुलिस फोर्सलाई पनि जोडेका छन् । सिद्धार्थ मलहोत्राको अभिनय रहने सिरिजलाई अमेजन प्राइमले निर्माण गर्नेछ । यसै मार्फत सिद्धार्थ समेत सिरिजमा डेब्यु गर्दैछन् । सिद्धार्थ अभिनीत पछिल्लो फिल्म ‘शेरशाह’ हिट भएपछि एक पटक पुनः पुलिसकै भूमिकामा उनलाई सिरिज हेर्न पाइनेछ । 

मार्भल स्टुडियो र वार्नर ब्रोजकै शैलीमा रोहितले सानो पर्दामा पनि सिंघम, सिम्बासूर्यवंशीको कामलाई पुर्याउनेछन् । यसले उनको फिल्मलाई सिरिजसँग जोड्नेछ । अर्थात् मार्भल स्टुडियोको वान्डा भिजन, फाल्कन एण्ड द विन्टर सोल्जर, लोकी, हकआई लगायतमा सुपरहिरोहरुको कथाले स्थान पाए झैँ  उनले पनि मेकिङ्ग गर्नेछन् । यो सिरिजलाई रोहितको प्रोडक्सन कम्पनीले निर्माण गर्दैछ । रोहितले सिरिजमै पनि प्रहरीमा लुकेको वीरताको कथालाई प्रस्तुत गर्ने तयारी अनुरूप सुरुवात गर्दैछन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ७ : ५६ बजे

रास्वपा महामन्त्री बुर्लाकोटी भन्छन् : रवि–मोदी भेट हुन सक्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टी

भारतीय विदेशमन्त्रीसँग रविको भेट

काठमाडौं- भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

नारायणीमा पौडी खेल्नेक्रममा डुबेर एक जना बेपत्ता

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एक जना

प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा छौँ : गुरु बराल

काठमाडौं– नेकपा (एमाले) का सांसद गुरु बरालले आफूहरू प्रधानमन्त्रीको जिम्मेवारपूर्ण

नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार्य : भारत

काठमाडौं- नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार्य नहुने भारतले