कांग्रेस पदाधिकारी बैठक बस्दै, कोइराला समूहको पाँच बुँदे असन्तुष्टि « Khabarhub

कांग्रेस पदाधिकारी बैठक बस्दै, कोइराला समूहको पाँच बुँदे असन्तुष्टि


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठकमा तीन विषयमाथि छलफल हुने  मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार समसामयिक राजनीति, केही भ्रातृ संस्थाका विधान टुंग्याउने र केन्द्रीय समितिका लागि एजेन्डा तय गरिनेछ ।

कोइराला समूहको पाँच बुँदे असन्तुष्टि

आजको बैठकमा शेखर कोइराला समूहले पाँच बुँदे असन्तुष्टि जाहेर गर्ने भएको छ । पार्टीका सबै विभागमा ४० प्रतिशतको दाबी गर्दै आफूहरूले असन्तुष्टि जाहेर गर्ने तयारी गरेको केन्द्रीय सदस्य चन्द्र भण्डारीले जानकारी दिएका छन्।

गत बिहीबार बसेको कोइराला समूहका बैठकले सरकार भ्रष्टाचारमा लिप्त भएको, सभापति शेरबहादुर देउवा पार्टीको नेता नभएर गुटको नेता भएको भन्दै ‘रचनात्मक विद्रोह’ गर्ने निष्कर्ष निकालेको थियो । महामन्त्री गगन थापासमेत उपस्थित बैठकमा कोइराला पक्षधरका अधिकांश नेताको उपस्थिति रहेको थियो ।

कांग्रेसले असार २७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।

 

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ८ : ३३ बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत