विम्बल्डन : नाडाल अन्तिम आठमा | Khabarhub Khabarhub

विम्बल्डन : नाडाल अन्तिम आठमा


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बोटिक भान डर जान्डस्कुपलाई हराएसँगै राफेल नाडालले विम्बल्डनको क्वार्टर फाइलमा टेलर फ्रिट्जको सामना गर्ने भएका छन् ।

दुई पटकका विम्बल्डन विजेता नाडालले ग्रान्ड स्लाममा ३५०औं जित दर्ता गर्ने क्रममा सोमबार अन्तिम १६ मा जान्डस्कुपमाथि ६-४,६-२,७-६(८-६) को जित निकाले ।

फ्रिट्ज भने जेसन कुबरलाई सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेका थिए । फ्रिट्जले यसअघि इन्डियन वेल्स मास्टर्समा नाडाललाई हराएका थिए । नाडाल कीर्तिमानी २२ पटकका ग्रान्ड स्लाम विजेता हुन् । उनलाई समान २० ग्रान्ड स्लामसहित नोभाक जोकोभिच र रोजर फेडेररले पछ्याइरहेका छन्।

ग्रान्ड स्लाममा पुरुष एकलमा सबै भन्दा धेरै जित फेडेररको नाममा छ । उनले चार सय २९ खेल जितेका छन् । त्यस्तै, जोकोभिचले तीन सय ७८ खेल जितेका छन् । नाडालले गत महिनामा मात्र फ्रेन्च ओपनको उपाधि जितेका थिए ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ९ : १९ बजे

दुई अर्ब ४१ करोड ७९ लाख राजस्व सङ्कलन

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व सङ्कलन वृद्धि भएको छ

पर्वतमा पहिरोले घर पुरिँदा एक दम्पत्ति बेपत्ता

पर्वत – गएरातिदेखिको अविरल वर्षाले पर्वतमा पहिरोले घर पुरिँदा एक

मनास्लु क्षेत्र घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

गोरखा– उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी पर्यटकको

धार्मिकस्थल ‘जलजला’ जोड्ने पदमार्ग निर्माण

म्याग्दी– म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल जलजला

गत आर्थिक वर्षमा ९ अर्ब ४१ करोड राजस्व सङ्कलन

वीरगञ्ज– आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष (आव)मा ९