रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु « Khabarhub

रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। रामेछापबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटनामा परेको हो।

बस दुर्घटना हुँदा घटनास्थलमा ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरीले जनाएको छ। मृत्यु हुनेमा चार महिला र पाँच पुरुष रहेका छन्।

खबरहरसँग उनले भने, ‘घटनास्थलमा ९ जनाको मृत्यु भएको हो । बाँकी उपचारका लागि लैजाँदै गर्दाको रिपोर्ट हामीसँग छैन।’ प्रहरी स्रोतले भन्यो। अहिले उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरबाट काठमाडौँ पठाइएको बताइएको छ ।

२५ जना घाइतेको उद्दार गरेर उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। बस सडकबाट झन्डै ३०-३५ मिटर तल खसेको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १२ : ३५ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौं – नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

ढुक्क रहनुस्, रास्वपाकै नेतृत्वमा देश विकास हुन्छ : भूपदेव शाह

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

नेयमार विश्वकपको पहिलो खेलमै खेल्न सक्छन् : प्रशिक्षक एन्सेलोट्टी

टेरेसोपोलिस – ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस

काठमाडौं महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

काठमाडौं – काठमाडौं महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका