खुल्यो मध्यपहाडी लोकमार्ग सञ्चालनमा « Khabarhub

खुल्यो मध्यपहाडी लोकमार्ग सञ्चालनमा


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा – वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड पुनः सञ्चालनमा आएको छ । स्काभेटरको प्रयोग गरेर सडकमा खसेका ढुङ्गा, माटो र रूखहरु पन्छाएपछि सडक बिहान साढे १० देखि पुनः सञ्चालनमा आएको हो ।

पहिराका कारण मध्यपहाडी लोकमार्ग गएरातिदेखि अवरूद्ध भएको थियो । मङ्गलबार बिहानै सडक डिभिजन कार्यालय र बागलुङ नगरपालिकाको सहकार्यमा स्काभेटर परिचालन गरेर सडक सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

बागलुङ नगरपालिका र काँठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेको थियो । उक्त खण्डको ठाउँठाउँमा स–साना पहिरा खसेका थिए । सडक पुनः सञ्चालनमा आएसँगै लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन गन्तव्यतर्फ गइरहेका छन् ।

त्यस्तै जिल्लाको दक्षिण जोड्ने बागलुङ कुश्मिशेरा सडक पनि सञ्चालनमा आएको छ । पहिराका कारण अवरुद्ध भएको सडक बागलुङ नगरपालिको सहयोगमा पन्छाइएको हो । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १२ : ५४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना