प्रदेश प्रहरीको अधिकार कटौती गरेको छैन : गृहमन्त्री खाण | Khabarhub Khabarhub

प्रदेश प्रहरीको अधिकार कटौती गरेको छैन : गृहमन्त्री खाण


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाणले प्रदेश प्रहरीको अधिकार कटौती नगरेको बताएका छन् ।  मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षणसमन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै गृहमन्त्री खाणले प्रदेश प्रहरीको अधिकार कटौती नगरेको बताएका हुन् । 

बैठकमा गृहमन्त्री खाणले भने, ‘राजधानीको सुरक्षा गर्ने नेपाल प्रहरीको अधिकारभन्दा पनि जिम्मेवारी हो । जनताको पनि सुरक्षा गर्ने प्रहरीको जिम्मेवारी हो । अन्तर्राष्ट्रिय परिदृश्य बदलिइरहेका छन्, त्यसकारण सुरक्षा संवेदनशीलता बढिरहेको छ । सुरक्षासँग सम्बन्धी कतिपय नीति निर्णयको गोपनीयता पनि राख्नुपर्ने हुन्छ’ । 

काठमाडौं उपत्यकाको सुरक्षा संवेदनशीलतालाई गम्भीरतापूर्वक हेर्नुपर्नेमा उनले जोड दिए । ‘काठमाडौं एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान नै किडन्याप भएर गयो । नेपालले मात्र होइन, जसको विमान किडन्याप भयो उसले पनि मूल्य चुकाउनुपर्‍यो । अहिले पनि पश्चिमा आकाशमा विमान बन्देज छ । यसबीचमा नेपालमा दुई देशका राष्ट्रप्रमुख आउनुभएको थियो । त्यसको सुरक्षामा १० हजार जनशक्ति परिचालन गर्नुपर्‍यो । त्यो किन गरियो भने नेपाल सुरक्षित गन्तव्य हो । अन्तर्राष्ट्रिय चासो र विश्वसनीयता पनि बढेर जान्छ भन्ने थियो’ उनले भने । 

 प्रदेश प्रहरीको अधिकार कटौतीको मनसुवा नभएर काठमाडौं उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौंको सुरक्षाका लागि ल्याइएको उनले बताए ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १ : ०७ बजे

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा

साफ महिला यू–२० च्याम्पियनसिप: नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि

काठमाडौं – सागोरिकाको ह्याट्रिक गोलमा बंगलादेशले साफ महिला यू–२० च्याम्पियनसिपको