देशका विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला  « Khabarhub

 देशका विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला 


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं, धादिङ, दार्चुला र सर्लाहीमा गरी सात जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।  

काठमाडौंको दक्षिणकाली नगरपालिका–२ ग्वाल्दह बस्ने ५० वर्षीया पार्वती परियार आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी हुन् । यस्तै बुढानीलकण्ठ नगरपालिका–१० कपन डेरा गरी बस्ने मोरङ घर भएकी ६४ वर्षीया सविता खड्का गिरी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन् । धादिङको थाक्रे गाउँपालिका–८ फोकटपुरस्थित चौरमा सोही ठाउँ बस्ने ७० वर्षीय पोष्ट बहादुर खड्का सोमबार मृत अवस्थामा फेला परेका छन् । 

दार्चुलाको लेकम गाउँपालिका–१ चोतेबगरस्थित चौलानी नदीमा मार्मा गाउँपालिका–२ सिमार बस्ने २६ वर्षीया सविता चन्द सिंह सोमबार मृत अवस्थामा फेला परेकी छन् । सर्लाहीको मलगंवा नगरपालिका–३ बस्ने ३५ वर्षीय विजय पासवान आफ्नै घर अगाडि आँगनमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी बागमती नगरपालिका–९ सोल्टी जाने बाटोको छेउमा सोही नगरपालिका–८ ठकुरी टोल बस्ने ४० वर्षीय टक बहादुर ठकुरी सोमबार मृत अवस्थामा फेला परेका छन् ।  सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ सागरनाथ जंगलमा हाल पहिचान नखुलेका करिब १९ महिनाकी बालिकाको शव पुरिएको अवस्थामा सोमबार फेला परेको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १ : ३९ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार