बैतडीका तीन पालिकामा विद्युतीय भुक्तानी सेवा सुरु | Khabarhub Khabarhub

बैतडीका तीन पालिकामा विद्युतीय भुक्तानी सेवा सुरु


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीका तीन स्थानीय तहले विद्युतीय भुक्तानी सुरु गरेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका, शिवनाथ र दोगडाकेदार गाउँपालिकाले विद्युतीय भुक्तानी सुरु गरेका हुन् । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत भुक्तानी प्रणालीको सुरुआत तथा विद्युतीय भुक्तानी गर्न सुरु गरिएको दोगडाकेदार गाउँपालिकाका लेखा अधिकृत पदम कार्कीले जानकारी दिए ।  चेकमार्फत कारोबार झन्झटिलो हुँदै आएकामा अब भुक्तानी गर्नुपर्ने रकम सिधै भुक्तानी लिनेको खातामा जम्मा हुनेछ ।  

महालेखा नियन्त्रक कार्यालयले आगामी साउन १ गतेदेखि सबै स्थानीय तहहरुलाई विद्युतीय भुक्तानी प्रणालीमा जान निर्देश गरिसकेकामा यहाँका तीन पालिकाले एक महिना अगावै विद्युतीय भुक्तानी सुरु गरेको हो । अब चेकमा त्रुटि हुने, हस्ताक्षर नमिल्ने तथा चेक लिनकै लागि पालिका धाउनुपर्ने समस्याको समेत अन्त्य भएको दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले बताए ।  

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  २ : १४ बजे

पाथीभरा तस्बिर पुस्तक विमोचन

फुङ्लिङ– ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पाथीभरा क्षेत्रसम्बन्धी तस्बिर पुस्तक विमोचन गरिएको छ

पूर्वसहमतिअनुसार नै गठबन्धन सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री पौडेल

तानसेन– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वसहमतिअनुसार नै वर्तमान गठबन्धन

एमाले झापाद्वारा बिरुवा रोपण अभियान

झापा– पर्यावरण संरक्षण र फलफूलमा परनिर्भरता घटाउने उद्देश्यले नेपाल कम्युनिष्ट

शिविरमार्फत सेवा दिँदै वडा कार्यालय

अत्तरिया– डोटीको जोरायल गाउँपालिका–५ को कार्यालयले सहरमा बसेका नागरिकलाई शिविरमार्फत

माधव र झलनाथपछि एकीकृत समाजवादीको युवासंघमा भाँडभैलो, बन्यो समानान्तर कमिटी

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता