सुख्खा पहिरो खसेर एकको मृत्यु « Khabarhub

सुख्खा पहिरो खसेर एकको मृत्यु


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- सुर्खेतको पञ्चपुरी नगरपालिका– ७ डौरीखोला नजिक सुख्खा पहिरो खस्दा एक बटुवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अछामको तुर्माखाँद गाउँपालिका– ६ रानीवनका अन्दाजी ७८ वर्षीय अमृता जैसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पहिरोमा परी गम्भीर घाइते ७२ वर्षीय रती कामीको टाउको, निधारमा गम्भीर चोट लागेको छ । उनीहरू अछाम रानीवनबाट कैलालीतर्फ जाँदै थिए । नेपाली सेनाको पश्चिम बेस क्याम्पले हेलिकोप्टरबाट घाइतेको उद्धार गरी वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले पहिरो खस्ने क्रम नरोकिएपछि उद्धारमा कठिनाइ भएको बताए।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ३ : ३८ बजे

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि

सीमा क्षेत्रको त्यो मार्मिक दृश्य : बाढीले छोपिसक्दा पनि अरूलाई बचाउन भगाइरहेका थिए चिनियाँ प्रहरी ह्वाङ पेङ

काठमाडौं- उत्तरी छिमेकी चीनसँग नेपाललाई जोड्ने प्रमुख हिमाली नाका रसुवागढीले

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

खोटाङ– धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर

भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७