दोहोरो अंकले घट्यो शेयर बजार « Khabarhub

दोहोरो अंकले घट्यो शेयर बजार


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।  शेयर बजार परिसूचक नेप्से आज दिनभर तलमाथि हुँदै बन्द हुने बेलामा ४६ दशमलव शून्य ८ अङ्कले घटेर २ हजार ३० दशमलव ५९ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ । हिजोभन्दा आज कारोबार रकममा समेत कमी आएको छ । २२९ वटा कम्पनीका ८६ लाख १३ हजार कित्ता शेयर २ अर्ब ९६ करोड ८४ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै सानिमा बैंकको प्रमोटर शेयर ३० करोड २० लाख रुपैयाँमा कारोबार भएको छ ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि सीवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको शेयर १० प्रतिशत तथा आँधीखोला लघुवित्तको शेयर साढे नौ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ४ : २९ बजे

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज