स्रोत नखुलेको ८३ लाख रकमसहित २ जना पक्राउ | Khabarhub Khabarhub

स्रोत नखुलेको ८३ लाख रकमसहित २ जना पक्राउ


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतबाट बोरामा आलुसँगै ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख रुपैयाँ मंगलबार सशस्त्र प्रहरीले बरामद गरेको छ ।

धनुषाको जनकनन्दनी गाउँपालिका-१ इनर्वामा भारतबाट मोटरसाइकलमा राखेर ल्याउँदै गरेको बोरामा ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए ।

ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका-५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पक्राउ गरिएको कटुवालले बताए । बरामद रकम र पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ५ : ४३ बजे

मुख्यमन्त्री नियुक्तिविरूद्ध कांग्रेससहित मधेशका सात दल सर्वोच्च जाने

जनकपुरधाम- मधेश प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई

आगलागीमा जलेर एक जनाको मृत्यु

महोत्तरी– मनराशिसवा नगरपालिका-१० मरूवाही बस्ने बिकाउ पासवानको गोठमा आइतबार राति आगलागी हुँदा

इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरको दक्षिणपश्चिमी सहर मचालास्थित जेलमा आइतबार भएको हिंसात्मक दङ्गामा

‘राणाशासन मात्रै नभई पञ्चायती व्यवस्थाको अन्त्यका लागि पनि गणेशमानको भूमिका महत्त्वपूर्ण’

काठमाडौं– विसं २०४६ मा प्रजातन्त्र पुनः स्थापनाका लागि भएको जनआन्दोलनका

एमलेले बोलायो विघटित संसदीय दलको बैठक, संसद् पुनर्स्थापनाको मुद्दा चर्काउने

काठमाडौं- नेकपा एमालेले विघटित प्रतिनिधिसभाका सदस्यहरूको बैठक बोलाएको छ ।