खल्तीबाट एलआईसी नेपालको बीमा प्रिमियम भुक्तानी गर्न सकिने   « Khabarhub

खल्तीबाट एलआईसी नेपालको बीमा प्रिमियम भुक्तानी गर्न सकिने  


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी गर्न सक्षम बनाउन एलआईसी नेपालसँग सहकार्य गरेको छ ।

विभिन्न बीमा कम्पनीसँगको सहकार्यपछि खल्तीले आफ्नो प्लेटफर्ममार्फत एलआइसी नेपालको बीमा भुक्तानीको नयाँ सुविधा थपेको छ । जसले प्रिमियम भुक्तानीलाई अझ सरल र सहज बनाउने अपेक्षा गरिएको छ ।

प्रिमियम तिर्नका लागि प्रयोगकर्ताहरूले एलआईसी नेपालको वेबसाइटमा गएर भुक्तानी विधिको रूपमा ‘खल्ती’ प्रयोग गरी आफ्नो प्रक्रिया पुरा गर्न सकिन्छ ।‘खल्ती’ का प्रमुख कार्यकारी निर्देशक विनय खड्काका अनुसार,‘ हाम्रो प्लेटफर्म एलआईसी नेपाल थप्नु हाम्रो लागि बीमा शुल्क सङ्कलनलाई सरल र प्रभावकारी बनाउन एउटा प्रमुख उपलब्धि भएको छ, म विश्वस्त छु कि यस सहकार्यबाट प्रयोगकर्ताहरूलाई पूर्ण रूपमा फाइदा हुनेछ ।’

रु ५ हजार माथिको नवीकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो खल्ती केवाइसि भने अनिवार्य भेरिफाइ गराएको हुनुपर्नेछ ।

भर्खरै स्टार्ट अप सक्सेस अवार्डबाट सम्मानित, खल्ती आफ्नो सेवाको छैनौँ वर्षमा छ । नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गर्न सफल भएको छ ।

देशभर २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरूको साथमा ५० हजार एजेन्ट नेटवर्कको प्रयोगकर्ताहरू बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिक बुकिङ, बिमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी यी सेवाहरूको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ ।

 

 

 

 

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ६ : २९ बजे

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

लुम्बिनी– बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित

सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’

म्याग्दी– बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको बजारभित्रको

निर्वाचन लक्षित स्वास्थ्य सतर्कता : सिभिलले बनायो १३ सदस्यीय समिति 

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निजामती कर्मचारी अस्पताल ‘हाई अलर्ट’

खामेनीको निधनपछि मोज्तबा बने इरानका नयाँ सर्वोच्च नेता

काठमाडौं– संयुक्त अमेरिकी–इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको

तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो

दमौली– तनहुँका युवामा ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । तनहुँको