राजदूत ओलीले चीनमा बुझाए ओहदाको प्रमाणपत्र « Khabarhub

राजदूत ओलीले चीनमा बुझाए ओहदाको प्रमाणपत्र


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवनियुक्त नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले चीन सरकारका उच्च अधिकारीलाई ओहदाको प्रमाणपत्र बुझाएका छन्‌ ।

चीनको विदेश मन्त्रालय अन्तर्गत शिष्टाचार विभागका उपमहानिर्देशक ली जिनजिनलाई उनले ओहदाको प्रमाणपत्र बुझाएका हुन्‌ । नेपाली राजदूतहरूले यसअघि पनि चीनको सोही विभागका उपमहानिर्देशकलाई ओहदाको प्रमाणपत्र बुझाउने गरेका थिए ।

विभागका उपमहानिर्देशक जिनले चीनका लागि नेपालका राजदूतका रुपमा ओलीलाई स्वागत गरे । साथै; सफल कार्यकाल निम्ति शुभकामना पनि दिए ।

राजदूत ओलीले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्दै नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सरकारको सिफारिसमा ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले गएको कात्तिक २५ गते चीनका लागि नेपाली राजदूत नियुक्त गरेका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ६ : ४३ बजे

आज पनि नेप्से परिसूचक झिनो अंकमै सीमित 

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

बजारमा ग्यासको अभाव हटाउन सरकारलाई राष्ट्रियसभा अध्यक्षको रुलिङ

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सहज रूपमा ग्यास आपूर्ति

सरकारले तत्काल देखिने काम नगरेको जस्तो लागे पनि १५–२० वर्षलाई जग खन्दै छ : रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान

कांग्रेस कोशी सरकारबाट बाहिरिँदै, चार मन्त्रीसहित राज्यमन्त्रीले आजै राजीनामा दिने

विराटनगर- नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ। कांग्रेसका

भेरी नदीमा जिप खस्यो, चालकसहित दुईजना बेपत्ता

सुर्खेत- सर्खेतबाट सल्यानतर्फ जाँदै गरेको जिप बुधबार दिउँसो भेरी नदीमा