पेस्तोल र गोलीसहित सर्लाहीमा व्यापारी पक्राउ « Khabarhub

पेस्तोल र गोलीसहित सर्लाहीमा व्यापारी पक्राउ


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्लाहीको हरिवन नगरपालिका–११ मा प्रहरीले पेस्तोल र गोलीसहित एक व्यापारीलाई पक्राउ गरेको छ । पेस्तोल र गोलीसहित हरिवन–११ का ४३ वर्षीय छोटेलाल दास पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरीक्षक मुकेश ताम्राकारका अनुसार दासको साथबाट एक थान पेस्तोल र एक राउण्ड गोली बरामद गरिएको छ ।

दासले हरिवन बजारमा सञ्चालन गरेको किराना पसलमा लुकाइछिपाइ राखेको अवस्थामा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरिएको ताम्रकारले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १० : ३६ बजे

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि

सीमा क्षेत्रको त्यो मार्मिक दृश्य : बाढीले छोपिसक्दा पनि अरूलाई बचाउन भगाइरहेका थिए चिनियाँ प्रहरी ह्वाङ पेङ

काठमाडौं- उत्तरी छिमेकी चीनसँग नेपाललाई जोड्ने प्रमुख हिमाली नाका रसुवागढीले

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

खोटाङ– धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर

भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७