माओवादी केन्द्रको बैठक आज, पदाधिकारी टुंग्याउने तयारी | Khabarhub Khabarhub

माओवादी केन्द्रको बैठक आज, पदाधिकारी टुंग्याउने तयारी


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे सुरु हुनेछ ।

मंगलबारका लागि तय भएको बैठक पदाधिकारी टुंगाउनका लागि आन्तरिक गृहकार्य भन्दै स्थगित गरिएको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा मंगलबार दिनभर आन्तरिक छलफल गरेको माओवादीले आजको बैठकमार्फत पदाधिकारीसहितको विषय टुंग्याउने तयारी गरेको छ।

पूर्व स्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएपछि आज त्यसअनुसार अध्यक्षले बैठकमा पेस गर्ने नेता दिनानाथ शर्माले जानकारी दिएका छन् ।

विधान अनुसार माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । आजको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने तयारीसमेत छ ।

प्रज्ञा भवनमा आइतबार सुरु भएको बैठकमा नेताहरुले बैठक लम्ब्याएर भए पनि पदाधिकारी चयन टुंग्याउनु पर्नेमा जोड दिइरहेका छन् ।

गत पुसमा महाधिवेशन भए पनि माओवादीमा अध्यक्षबाहेक अन्य पदाधिकारी चयन हुन सकेको छैन ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ७ : १७ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई