भुजुङ-भोर्लेटार सवस्टेशन प्रसारण लाइन बन्ने « Khabarhub

भुजुङ-भोर्लेटार सवस्टेशन प्रसारण लाइन बन्ने


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको क्व्होलासोथार गाउँपालिका ४ मा रहेको माथिल्लो मिदिम जलविद्युत आयोजनाको स्वीचार्टदेखि मध्यनेपाल नगरपालिका ६ मा रहेको नेपाल विद्युत प्राधिकरणको भोर्लेटार सबस्टेसनसम्म सिङगल सर्किट प्रसारण लाइन निर्माण गरिने भएको छ  ।

७.५ मेगावाटको माथिल्लो मिदिम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक भुजुङ हाइड्रो पावरले २६.१३ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको हो । कम्पनीले आयोजनाको विद्युत प्रवाह गर्न ३३ केभी प्रसारण लाइन निर्माण गर्न लागेको हो ।

अध्ययन पूरा भएको लाइनको निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीलाई अनुमतिपत्र  दिन विभागले ३५ दिने सूचना जारी गरेको छ ।

विभागले अनुमतिपत्र दिनु अघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय-सुझाव मागेको छ । प्रसारण लाइनमा ५ सय ५ वटा पोल हुनेछ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ८ : ३४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।