सागका विजेता खेलाडीलाई खोटाङमा सम्मान  « Khabarhub

सागका विजेता खेलाडीलाई खोटाङमा सम्मान 


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – दक्षिण एसियाली खेलकुद (साग)का ६ विजेता खेलाडीलाई खोटाङमा सम्मान गरिएको छ । दिक्तेलमा आयोजित किरात राई खेलकुद संघको तेश्रो राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा १२औँ र १३औँ सागका पदक विजेता खेलाडी र दुई जना टिम व्यवस्थापकलाई सम्मान गरिएको हो ।

जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा आयोजित कार्यक्रममा १३औँ सागमा तेक्वान्दोतर्फ स्वर्ण पदक जितेकी सुशिला राई (सुनसरी), उसुमा कास्यपदक जितेका अशोक खालिङ (ईलाम), स्क्वासमा कास्य पदक जितेका भावना सुनुवार (रामेछाप), आर्चरीका टिम व्यवस्थापक मिनाकुमारी रञ्जु (उदयपुर), बक्सिङका टिम व्यवस्थापक प्रमिला राई (झापा) र १२ औँ सागका कबड्डीका कास्य पदक विजेता सम्झना राई (बारा)लाई सम्मान गरिएको हो ।

सागका विजेता खेलाडीलाई प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले जनही १० हजारका साथमा सम्मान–पत्र प्रदान गरेका छन् । किरात राई खेलकुद संघले २०७६ मंसिरमा सम्पन्न १३औँ सागका ३ स्वर्ण पदक विजेता, ९ कास्य पदक विजेता, १४ रजत पदक विजेता, २ प्रशिक्षक र २ टिम व्यवस्थापकलाई सम्मान गर्ने तयारी गरेको थियो । तर, अन्य विजेता खेलाडी एसियन क्याम्पको बन्द प्रशिक्षण र कतिपय विदेशमा भएकाले काठमाडौँमै सम्मान गरिने संघका अध्यक्ष महेन्द्रकुमार राईले बताए ।

कार्यक्रममा मुआईथाई वल्ड च्याम्पियन सन्जय राईलाई १० हजार नगद र सम्मानपत्रले सम्मान गरिएको छ । किरात राई यायोक्खा बेलायत र खोटाङ समाज बेलायतले संकलन गरेको रकमबाट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको हो ।

कबड्डीका कास्य पदक विजेता सम्झनालाई सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक प्रमुख राष्ट्र राई र किरात राई यायोक्खा बेलायतका अध्यक्ष योगेश कोयुले व्यक्तिगत ५/५ हजारले सम्मान गरेका छन् । संघको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै बुधबार सम्पन्न हुँदैछ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १२ : ०० बजे

जसपा नेपाल र लोसपाबीच एकता हुने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर