चापागाउँ सडक निर्माण अलपत्र, दक्षिण ललितपुरवासीलाई सास्ती « Khabarhub

चापागाउँ सडक निर्माण अलपत्र, दक्षिण ललितपुरवासीलाई सास्ती


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चापागाउँ – दक्षिण तथा मध्यललितपुरको केन्द्र चापागाउँ सडक विगत एक महिनादेखि ढलानको काम भइरहेकाले बन्द छ । ललितपुरको ७५ प्रतिशत भूभागको केन्द्र चापागाउँ बजारमा एक महिनादेखि यातायातका साधन चल्न नसक्दा हजारौँ यात्री सास्ती खेप्न बाध्य छन् ।

एकै पटक तीन ठाउँबाट सडक ढलान गर्न सकिने अवस्था भए पनि ठेकेदारको ढिलासुस्तीका कारण अस्तव्यस्त यहाँको दैनिकी झन् झन् कष्टकर बनिरहेको हो । एकै पटक कम्तीमा दुई ठाउँबाट सुरु गरेर दिनरात काम गरे दुई हप्तामा काम सकिने स्थानीय राजन महर्जन बत्ताउँछन् । उनी भन्छन्, ‘असक्षम ठेकेदारले काम पाएपछि हामीले सास्ती पायौँ ।’ स्थानीय मुख्य सडकको कछुवा हिँडाइ भएको स्थानीय मनिपाल कर्माचार्य गुनासो गर्छन् । ‘सडक बनाउँदा खरायो हिँडाइ हुनुपर्ने हो,’ उनले भने ।

चापागाउँको ज्योति विहारदेखि टुसालसम्म सात सय मिटर सडक ढलान गर्न महिनौँ लाग्ने अवस्था देखिएको छ । सडक ढलान सुरु भएपछि टाहाखेलमा रहेको बसपार्क अहिले झ्यालीपाटी सडकमा सरेको छ । लेले-टीकाभैरवको बस छम्पी हुँदै लगनखेल जाने गरेको छ । टाहाखेल, झरुवारासी,चारघरे, न्यौपाने गाउँलगायतका यात्रु बस चढ्नकै लागि ४५ मिनेटसम्म हिँडेर आउजाउ गर्नुपर्ने बाध्यता छ ।

चारघरेका रमेश लामा बस चढ्न लामो बाटो हिँड्नुपर्ने हुँदा सधैँ अफिस पुग्न ढिला हुने गरेको बताउँछन् । भन्छन्, ‘बाटोका कारण समयमा अफिस नपुग्दा जागिरै जाला जस्तो भइसक्यो ।’ पछिल्लो समय ठेकेदारले २५ जना कामदार लगाएर काम गरिरहेको उनको भनाइ छ। उनी भन्छन्, ‘डण्डी राखे मात्रै ढलान हुन्छ । मेसिनले एक सय मिटरभन्दा माथि रेडिमिक्स फाल्दैन ।’ यात्रु आउजाउ गर्ने बाटो भएकाले डण्डी बाँध्न र काम गर्न बाधा परेको उनीहरूको गुनासो छ ।

सडक विभागले करिब चार करोड रुपैयाँमा लगाएको सडक नवजानुका जेभीले ठेक्का पाएको हो । चापागाउँ लेले, छम्पी, डुकुछाप र देवीचौरका साथै दक्षिण ललितपुरको बागमती, कोञ्ज्योसोम र महाँकाल गाउँपालिकाको केन्द्रको रूपमा स्थापित छ । काठमाडौं उपत्यका आउजाउ गर्न उत्तरी मकवानपुरका भीमफेदी बकैया र बागमती गाउँपालिकाका स्थानीय चापागाउँ बजारको बाटो प्रयोग गर्छन् ।

नवजानुका जेभिका प्रतिनिधि लेखनाथ अधिकारीले खानेपानीको पाइप मर्मत गर्न निरन्तर सडक खनेपछि काममा बाधा भएको बताए । उनले भने, ‘यो महिनाको अन्तिमसम्म ढलान सकिन्छ । त्यसपछि सडक मर्मत र ड्रेनको काम सुरु हुन्छ ।’गोदावरी नगरपालिका-११ का वडाध्यक्ष निलबहादुर देसारले काममा बाधा भएपछि अहिले खानेपानीको पाइप मर्मत गर्न सडक खन्न रोक लगाएको बताए ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १२ : १४ बजे

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका