विद्युत् ट्रान्सफर्मर पड्‌किँदा चार दिनदेखि विद्युत् सेवा अवरुद्ध « Khabarhub

विद्युत् ट्रान्सफर्मर पड्‌किँदा चार दिनदेखि विद्युत् सेवा अवरुद्ध


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा– बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा रहेको विद्युत् ट्रान्सफर्मर पड्‌किँदा चार दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । चट्याङले ट्रान्सफर्मर पड्किएपछि धुल्लुबास्कोटका १६६ परिवार चार दिनदेखि अन्धकारमा छन् ।

विद्युत् आपूर्ति बन्द हुँदा स्थानीयले कुटानीपिसानी, साना घरेलु उद्योग सञ्चालन र सञ्चार सेवा प्रयोग गर्न पाएका छैनन् । धुल्लुबास्कोटमा सामुदायिक विद्युतीकरणमार्फत केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको थियो । ट्रान्सफर्मर मर्मतका लागि प्रक्रिया सुरु भएको भए पनि अझै केही दिन लाग्ने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए ।

ढिला गरी प्राधिकरणलाई जानकारी प्राप्त भएको र त्यहाँ क्रियाशील सामुदायिक समितिले नै मर्मतको काम गर्नुपर्ने बताएको वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीले बताउनुभयो । वर्षासँगै आएको बाढी, पहिरो र चट्याङले ट्रान्सफर्मर र प्रसारण लाइनका कैयौँ पोलहरुमा समेत क्षति पुर्‍याएको छ । त्यस्तै चट्याङले बागलुङको ताराखोला गाउँपालिकामा १३ वटा पशुचौपाया मारेको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १ : ५७ बजे

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र

रास्वपा महाधिवेशन : बाहिर भोट माग्दै समर्थक, भित्र आजै चुनावको तयारी

चितवन– चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक