तुलसीपुरको फोहोरबाट प्राङ्गारिक मल उत्पादनको तयारी « Khabarhub

तुलसीपुरको फोहोरबाट प्राङ्गारिक मल उत्पादनको तयारी


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिले नगरमा निस्कने फोहोरबाट प्राङ्गारिक मल उत्पादन गर्ने भएको छ । 

तुलसीपुरमा बजारबाट उत्पादन हुँदै आएको फोहोरलाई व्यवस्थापन गरी मल उत्पादनको प्रक्रिया सुरु भएको नगरले जनाएको छ । तुलसीपुरबाट उत्पादन हुने गल्ने र नगल्ने फोहोरको वर्गीकरण गरी गल्ने फोहोरलाई प्रशोधन गरेर प्राङ्गारिक मल उत्पादन गरिने छ । अहिले सम्म नगरको फोहोर उठाउने खोल्सामा लगेर फाल्ने काम गरिँदै आइएको थियो । 

उपमहानगरपालिकाले फोहोर प्रशोधनका लागि अत्याधुनिक मेसिन समेत जडान गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले मेसिन जडान गरिसकेको जनाएको छ तुलसीपुर उपमहानगरपालिका–६ स्थित रहेको ‘डम्पिङ साइड’मा तुलसीपुर बजारबाट उत्पादन भएको गल्ने फोहोरलाई प्रशोधित गरेर प्राङ्गारिक मल उत्पादन गर्ने मेसिनको परीक्षण गरेको छ । यो मेसिन नेपालमै पहिलो पटक जडान गरिएको जनाइएको छ । 

प्राङ्गारिक मल उत्पादन गर्ने मेसिन ढुवानीसहित २६ लाख खर्च भएको छ । सो मेसिनमा दैनिक दुई सय किलो फोहोर हाल्न मिल्ने छ भने १५ दिनसम्म फोहोर हालेपछि प्रत्येक दिन ४० टन प्राङ्गारिक मलको उत्पादन गर्न सकिने छ । यो मेसिन भारतको पुनेबाट वीरगञ्जका नाका हुँदै तुलसीपुरमा ल्याएर जडान गरिएको हो ।

उपप्रमुख स्यानी चौधरीले प्राङ्गारिक मल उत्पादनका लागि जडान गरिएको मेसिन चल्नका लागि ‘थ्री फेज’ विद्युतको आवश्यकता भएकोले नेपाल विद्युत कार्यालय तुलसीपुर वितरण केन्द्रसँग सहकार्य गरेर छिट्टै सञ्चालनमा ल्याउने बताइन । मल उत्पादनको काम एक हप्ताभित्रै सुरु गर्ने उनको भनाई छ ।

उनले उत्पादन भएको मललाई कस–कसलाई, कहाँ कहाँ वितरण गर्ने भनेर कार्यविधि बनाएर बिक्री वितरण गर्ने बताइन् । मलको अभाव भएको समयमा यस प्रविधि मार्फत छिट्टै प्राङ्गारिक मल उत्पादन गर्न सकेमा नगरवासीले ठूलो राहत पाउने उनको विश्वास छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ६ : ४९ बजे

जलाएको १० महिनापछि उभियो चुच्चेपाटीको भाटभटेनी (तस्बिरहरू)

काठमाडौं– चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भई आजदेखि

होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र

एजेन्सी– स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २००

पुल बनेपछि आवतजावत सहज

भजनी– कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा

रास्वपाले अस्वीकार गरिदियो माओवादी युद्धको इतिहास

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो राजनीतिक दस्ताबेजबाट माओवादी सशस्त्र

नेयमार उपलब्ध भएपछि उत्साहित एन्सेलोट्टीले भने : स्कटल्यान्डको ‘लडाकु’ टोलीसँग सतर्क र तयार छौँ

काठमाडौं- ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले आफ्ना खेलाडीहरूलाई स्कटल्यान्डको उच्चस्तरीय