बलिउडमा डेब्यु गर्दै सामन्था  | Khabarhub Khabarhub

बलिउडमा डेब्यु गर्दै सामन्था 


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनिन् । उनले कट्रिना कैफ, आलिया भट्ट, दीपिका पादुकोण, रश्मिका मन्दाना र पूजा हेगडेजस्ता अभिनेत्रीलाई पछि पार्दै आफूलाई लोकप्रिय अभिनेत्रीको पहिलो सूचीमा रहन सफल भइन् । हिन्दी भाषामा निर्माण भएको वेब सिरिज ‘द फ्यामिली म्यान’ को दोस्रो सिजनमा देखा परेपछि उनलाई बलिउडको धेरै अफर गयो । 

बलिउडमा फिल्ममा अभिनय गराउन अफर लिएर पुगेका आधिकांश निर्मातालाई ‘ओके’ नभनेकी सामन्थाले अब भने बलिउडमा डेब्यु गर्ने सोच बनाएकी छिन् । भारतीय सञ्चार माध्यमका अनुसार सामन्थाले आयुष्मान खुरानासँग आफ्नो पहिलो बलिउड फिल्म साइन गरेकी हुन् । स्क्रिप्ट मनपरेपछि ‘ओके’ भनेकी सामन्थाको फिल्मको छायांकन यसैवर्षको अन्त्यमा हुने जनाएको छ । यसका साथै उनले अर्को हिन्दी फिल्म समेत साइन गरेकी छिन् । दोस्रो फिल्म पौराणिक महाकाव्यमा आधारित रहेको र त्यसको सुटिङ २०२३ मा सुरु हुने उल्लेख छ । सामन्थाले केही समयअघि नागा चैतन्यसँग सम्बन्ध विच्छेद गरेकी थिइन् ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ७ : ४० बजे

संसद्को गतिरोध खुलाउने विषयमा दलहरूबीच सकारात्मक छलफल भयो : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध

हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास

काठमाडौं– पूर्वयुवराज्ञी हिमानी शाहले जुम्लामा बर्थिङ सेन्टर शिलान्यास गरेकी छन्

फिल्म ‘रातो पासपोर्ट’ निर्माण घोषणा, पोर्चुगलको थिममा टाइटल पोस्टर

काठमाडौं – सिबर्डस् पिक्चर्स र होप्स बजले ट्राइडेन्ट कन्सेप्टसँग सहकार्य

स्कटल्यान्डले गुमायो पाचौँ विकेट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आइतबार भइरहेको खेलमा नेपालले

‘अर्थमन्त्रीज्यू ! डेड हर्स थ्यौरीतिर नलागौँ’

अङ्ग्रेजीमा ‘डेड हर्स थ्यौरी’ भन्ने एउटा मेटाफर (रूपक) छ, जसमा