पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गरिने पर्यटनमन्त्री जीवनराम श्रेष्ठको विश्वास « Khabarhub

पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गरिने पर्यटनमन्त्री जीवनराम श्रेष्ठको विश्वास


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गर्ने विश्वास व्यक्त गरेका छन् ।

मन्त्रालयमा आयोजित एक कार्यक्रममा पोखरामा निर्मित पर्यटकीय बसपार्क पोखरा महानगरपालिकालाई हस्तान्तरण गर्दै उनले पोखरालाई पर्यटकीय राजधानी बनाउन पहल गर्ने बताएका हुन् ।

यसअघि नै पोखरा महानगरपालिकाले पोखरालाई पर्यटकीय राजधानी बनाउने घोषणा गरेको थियो । मन्त्री श्रेष्ठले व्यवस्थित बसपार्क निर्माणले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे ।

मन्त्री श्रेष्ठले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई पर्यटकीय बसपार्क हस्तान्तरण गरेका हुन् । पर्यटकीय सहर पोखरास्थित राष्ट्र बैंक चोकनजिक पर्यटन विभागले आठ करोड ४५ लाख रुपैयाँ लागतमा पर्यटकीय बसपार्क निर्माण गरेको हो ।

सात हजार ९०० वर्गमिटरमा निर्मित पर्यटकीय बसपार्कमा ४० वटा बस, १० वटा माइक्रोबस र २० वटा ट्याक्सी पार्किङ गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ८ : ५६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै