तुइन चुँडिएर बेपत्ता भएकाको खोजी गर्न गृहमन्त्रीको निर्देशन « Khabarhub

तुइन चुँडिएर बेपत्ता भएकाको खोजी गर्न गृहमन्त्रीको निर्देशन


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले दार्चुला जिल्ला ब्यास गाउँपालिका–२ स्थित तुइनमार्फत भारतबाट नेपाल आउने क्रममा नदीमा खसेर बेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको खोजीकार्य तीव्र बनाउन निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई र नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक मोहन आचार्यलाई टेलिफोन गरी बेपत्ता बुढाथोकीको खोजी कार्य तीव्र बनाउन निर्देशन दिएका हुन् ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक भट्टराईले खोजी तीव्र पार्दा अहिलेसम्म फेला पार्न नसकिएको बताए । बिहीबार थप फौज पठाएर खोजी कार्य तीव्र बनाइने उनले जानकारी दिए ।

बुढाथोकी आज दिउँसो ३ः३० बजे भारीसहित भारतबाट नेपाल आउने क्रममा तुइन चुँडिएर नदीमा खसी बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १० : ३३ बजे

वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रममा

हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छ : न्यायाधीश फुँयाल

काठमाडौं– सर्वोच्च अदालत न्यायाधीश हरिप्रसाद फुँयालले हरेक व्यवसाय मानव अधिकारमैत्री

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं– बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक बैठक स्थगित गरिएको छ ।

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि

रास्वपा महाधिवेशन : खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रममन्त्री रामजी यादवको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा,