विवाह गर्दै पन्जाबका मुख्यमन्त्री भागवन्त  « Khabarhub

विवाह गर्दै पन्जाबका मुख्यमन्त्री भागवन्त 


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – पन्जाबमा मुख्यमन्त्री भागवन्त मानले विवाह गर्न लागेका छन् । मुख्यमन्त्री मानले आज चण्डीगढस्थित आफ्नै घरमा एउटा सानो समारोहमा विवाह गर्न लागेका हुन् । ४८ वर्षीय मानले गुरप्रीत कौरसँग विवाह गर्नेछन् ।

विवाहमा परिवार र नजिकका आफन्त मात्र सहभागी हुनेछन् । दिल्लीका मुख्यमन्त्री, आम आदमी पार्टी (आप) का प्रमुख अरविन्द केजरीवाल समारोहमा सहभागी हुने सम्भावना छ ।

‘मान साहब यहाँ एक निजी समारोहमा विवाह गर्दैछन्। उनले डा गुरप्रीत कौरसँग विवाह गर्नेछन्’ वरिष्ठ आप नेता र प्रवक्ता मालविन्दर सिंह कांगको भनाई उद्धृत गर्दै भारतीय समाचार संस्था पीटीआईलाई लेखेको छ। पूर्व ‘स्ट्यान्ड–अप कमिक’को ६ वर्षअघि सम्बन्ध विच्छेद भएको थियो।

उनका दुई सन्तान छन् । उनका सन्तान आमासँगै अमेरिकामा बस्छन् । १६ मार्चमा मानको शपथ समारोहमा उनीहरू अमेरिकाबाट पञ्जाब आएका थिए । यसै वर्षको सुरुमा भएका निर्वाचनमा आम आद्मीले एतिहासिक विजय हासिल गरेपछि उनी मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ७ : ३२ बजे

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली