उपल्लाचौरमा सिँचाइ नहर पुनःनिर्माण « Khabarhub

उपल्लाचौरमा सिँचाइ नहर पुनःनिर्माण


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – पहिरो र सडकले क्षति पुर्‍याएको म्याग्दीको बेनी नगरपालिका–१ उपल्लाचौरको सिँचाइ आयोजनाको नहर पुनःनिर्माण गरिएको छ ।

पहिराले भासिएको ठाउँमा पाइप र सडकले पुरिएको ठाउँमा नयाँ नहर निर्माण गरिएको छ। उपल्लाचौर जलउपभोक्ता समितिका अनुसार उक्त नहर २००४ सालमा निर्माण गरिएको हो । समितिका अध्यक्ष चन्द्रविर थापाले खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको आर्थिक सहयोगमा नहर पुनःनिर्माण गरिएको जानकारी दिए।

‘मुहान नजिकै पहिराले भासिएको र उपल्लाचौरमा रत्नेचौर–अर्जम–भकुण्डे सडक निर्माणका क्रममा पुरिएको थियो’, उनले भने, ‘भासिएको ठाउँमा पाइपलाइन र पुरिएको नहर निर्माण गरेपछि मुहानबाट पठाएको जति सबै पानी खेतमा आइपुग्ने भएको छ ।’

नहर भासिने र पुरिने गरेपछि मुहानबाट पठाएको आधाभन्दा कम मात्र पानी खेतमा आइपुग्दथ्यो । हिउँद र सुख्खा याममा सिँचाइ अभावमा बाली लगाउन समस्या भएको थियो । बर्खामा पनि किसानले धान रोप्न पालो लगाउने गरेका थिए ।

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इञ्जिनियर अञ्जन खत्रीका अनुसार २००४ सालको सिँचाइ आयोजनाका लागि चालु आर्थिक वर्षमा रु २५ लाख बिनियोजन गरिएको थियो । सो बजेटबाट १२५ एमएम क्षमताको एक हजार ११६ मिटर पाइप र २३५ मिटर नहर पुनःनिर्माण गरिएको हो ।

बागलुङको सिमानामा रहेको ठूलोखोलाको मुहानमा इन्टेक र त्यसलाई संरक्षण गर्न मेसिनरी पर्खाल निर्माण भएको छ । मुहानतर्फ ७२ मिटर र उपल्लाचौर नजिकै सडकले क्षति गरेको ठाउँमा १६३ मिटर नहर पुनःनिर्माण भएको छ ।

यसबाट उपल्लाचौरको करिब ४०० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ भने एक सय ५० घरधुरी लाभान्वित भएका छन् । आगामी आवमा थप ५०० मिटर नहर निर्माण गरेपछि आयोजना पुनःनिर्माण सम्पन्न हुने अध्यक्ष थापाले बताए।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ८ : ४० बजे

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली