उपल्लाचौरमा सिँचाइ नहर पुनःनिर्माण « Khabarhub

उपल्लाचौरमा सिँचाइ नहर पुनःनिर्माण


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – पहिरो र सडकले क्षति पुर्‍याएको म्याग्दीको बेनी नगरपालिका–१ उपल्लाचौरको सिँचाइ आयोजनाको नहर पुनःनिर्माण गरिएको छ ।

पहिराले भासिएको ठाउँमा पाइप र सडकले पुरिएको ठाउँमा नयाँ नहर निर्माण गरिएको छ। उपल्लाचौर जलउपभोक्ता समितिका अनुसार उक्त नहर २००४ सालमा निर्माण गरिएको हो । समितिका अध्यक्ष चन्द्रविर थापाले खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको आर्थिक सहयोगमा नहर पुनःनिर्माण गरिएको जानकारी दिए।

‘मुहान नजिकै पहिराले भासिएको र उपल्लाचौरमा रत्नेचौर–अर्जम–भकुण्डे सडक निर्माणका क्रममा पुरिएको थियो’, उनले भने, ‘भासिएको ठाउँमा पाइपलाइन र पुरिएको नहर निर्माण गरेपछि मुहानबाट पठाएको जति सबै पानी खेतमा आइपुग्ने भएको छ ।’

नहर भासिने र पुरिने गरेपछि मुहानबाट पठाएको आधाभन्दा कम मात्र पानी खेतमा आइपुग्दथ्यो । हिउँद र सुख्खा याममा सिँचाइ अभावमा बाली लगाउन समस्या भएको थियो । बर्खामा पनि किसानले धान रोप्न पालो लगाउने गरेका थिए ।

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इञ्जिनियर अञ्जन खत्रीका अनुसार २००४ सालको सिँचाइ आयोजनाका लागि चालु आर्थिक वर्षमा रु २५ लाख बिनियोजन गरिएको थियो । सो बजेटबाट १२५ एमएम क्षमताको एक हजार ११६ मिटर पाइप र २३५ मिटर नहर पुनःनिर्माण गरिएको हो ।

बागलुङको सिमानामा रहेको ठूलोखोलाको मुहानमा इन्टेक र त्यसलाई संरक्षण गर्न मेसिनरी पर्खाल निर्माण भएको छ । मुहानतर्फ ७२ मिटर र उपल्लाचौर नजिकै सडकले क्षति गरेको ठाउँमा १६३ मिटर नहर पुनःनिर्माण भएको छ ।

यसबाट उपल्लाचौरको करिब ४०० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ भने एक सय ५० घरधुरी लाभान्वित भएका छन् । आगामी आवमा थप ५०० मिटर नहर निर्माण गरेपछि आयोजना पुनःनिर्माण सम्पन्न हुने अध्यक्ष थापाले बताए।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ८ : ४० बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।