कर्णाली प्रदेश सभाको बैठक आज, एमालेसँग सहमतिको प्रयास जारी | Khabarhub Khabarhub

कर्णाली प्रदेश सभाको बैठक आज, एमालेसँग सहमतिको प्रयास जारी


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कर्णाली प्रदेश सभाको बैठक आज बस्ने भएको छ ।

प्रतिपक्ष दल नेकपा एमालेले गत असार १२ गतेदेखि अवरुद्ध गरेको बैठक आज बस्ने संसद् सचिवालयले जनाएको छ।

त्यसअघि एमालेसँग छलफल गरेर सहमतिमा ल्याउने प्रयास भइरहेको सभामुख राजबहादुर शाहीले जानकारी दिएका छन् । एमालेले गत माघमा सरकारले प्रतिपक्षसँग गरिएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने माग गरिरहेको छ ।

सो माग पुरा नभएसम्म आगामी आर्थिक वर्ष २०७९–०८० को लागि ल्याइएको बजेटमाथिको छलफल गर्न दिइरहेको छैन । बजेटमाथि पनि एमालेले आपत्ति जनाउँदै आएको छ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ९ : २५ बजे

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

रामपुर– कालीगण्डकी फाउण्डेशन नेपालले इलाका प्रहरी कार्यालय रामपुरलाई पुस्तक सहयोग

उपल्लो मुस्ताङमा बागवानीको ‘सेटलाइट कृषि फार्म’

मुस्ताङ– उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा मुस्ताङको मार्फास्थित शीतोष्ण

क्लब विश्वकप – मेसीको गोलमा मियामीको पहिलो जित

काठमाडौं – लियोनल मेसीको गोलमा इन्टर मियामीले फिफा क्लब विश्वकप

पुछिघाटको झोलुङ्गेपुल अस्थायी रूपमा मर्मत, स्थानीय खुसी

मन्थली– रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने पुछिघाटको

अमेरिकाले इजरायल-इरान युद्धमा प्रत्यक्ष सहभागी हुने निर्णय दुई सातामा गर्ने

वाशिङ्टन – इजरायल र इरान युद्धमा अमेरिकी उपस्थितिका बारेमा राष्ट्रपति