बलिउड सेलेब्सका गम्भीर रोग | Khabarhub Khabarhub

बलिउड सेलेब्सका गम्भीर रोग


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडका कलाकार फिल्मको पर्दा वा फिल्म बाहिर जति हंसमुख देखिन्छन्, भित्र उनीहरूको पीडा अर्कै छ । लामो समयसम्म सुटिङ गर्ने र जिममा लगातार पसिना बगाउने यी कलाकारहरू लामो समयदेखि गम्भीर रोगबाट पीडित छन् । उनीहरूमा लागेको रोगबारे कमै दर्शकलाई थाहा होला । बलिउडका पाँच कलाकारहरू यस्तै गम्भीर रोगबाट पीडित छन् । अभिनेत्री सोनम कपुर डायबिटीजबाट पीडित छिन् । युवा अवस्थादेखि नै सोनम यो रोगसँग जुधिरहेकी छिन् । त्यहीकारण आफूलाई फिट बनाउन उनी योगाका अलावा मेडिकेसन गरिरहेकी छन् ।

‘देशी गर्ल’ प्रियंका चोपडा पाँच वर्षको उमेरबाटै दमबाट पीडित छिन् । उनले सामाजिक सञ्जालबाट आफ्नो रोगबारे खुलासा गरिसकेकी छन् । ‘दबंग खान’ सलमान पनि गम्भीर रोगसँग जुधिरहेका छन् । उनलाई ट्राइजेमिनल न्यूरेल्जिया छ । यो रोगले बिरामीको नशामा असहनीय पीडा दिन्छ । जसकारण अनुहारदेखि दिमागसम्म दुखाइ हुन्छ ।

एक्सन हिरो अजय देवगनलाई टेनिस एल्बो छ । कैयौं पटक सुटिङको समयमा उनले यसको दुखाइको सामना गरेका छन् । यहीकारण उनले कतिपय अवस्थामा सुटिङसमेत गर्न पाएका छैनन् । अभिनेत्री अनुष्का शर्मा बल्जिंग डिस्कबाट पीडित छिन् । यो हड्डी सम्बन्धीको रोग हो । यसमा दुखाइको पीडा हड्डीबाट सुरु हुन्छ र विस्तारै शरीरका विभिन्न अंगमा पुग्छ

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ६ : १२ बजे

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन

तनहुँमा एक पुरुष मृत फेला

तनहुँ – यहाँको व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा आज साँझ