कर्णाली प्रदेशसभाको बैठक स्थगित « Khabarhub

कर्णाली प्रदेशसभाको बैठक स्थगित


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । बैठक आज १ः०० बजेका लागि तोकिएको थियो । प्रदेश सभामुख राजबहादुर शाहीको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकमा सत्ता साझेदार दलहरूका नेता र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहमतिको नजिक नपुग्दा बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए। सचिव बुढाथोकीले आजै सूचना टाँसेर बैठक स्थगित भएको जानकारी दिएका छन्।

“प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दलबीचको सहमतिको मस्यौदा बनेको छ”,उनले भने, “तथापि सहमतिको मस्यौदाले भोलि मात्र पूर्णता पाउने भएकाले बैठक आजका स्थगित गरिएको हो ।” शुक्रबार बिहान ८ः०० बजे पुनः सर्वदलीय बैठक बसेर र त्यसपछि प्रदेशसभा बैठक दिउँसो १ः०० बजे बस्ने गरी तयारी गरिएको सचिव बुढाथोकीले जानकारी दिए।

प्रतिपक्षी एमालेले आगामी आव २०७९/०८० को बजेटको किताब तथ्यपरक ल्याउनुपर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि सच्याउनुपर्ने र बजेटमा समेटिएका सुदूरपश्चिमका तीन जिल्ला कर्णालीको बजेटमा हटाउनुपर्ने माग राख्दै प्रदेशसभाको १८औँ बैठकमा अवरोध गरेपछि असार १२ गतेदेखि बैठक चल्न सकेको छैन ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ६ : ४३ बजे

राजनीतिक व्यक्तित्व माथिको धरपकडले देशलाई अन्तर्द्वन्द्वतर्फ धकेल्न सक्छ : झलनाथ खनाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ

चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा उम्मेदवारले प्रचारका क्रममा

अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन

एजेन्सी– चीनले संयुक्त राज्य अमेरिका र इरानबीच सम्पन्न समझदारीपत्र (एमओयू)को

रास्वपाका दस्तावेजको सन्देश : वर्तमान शासन व्यवस्था नै हुन सक्छ ‘कोल्याप्स’ !

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चार दिनदेखि चितवनमा

भाइकिङ समाजको नयाँ रहस्य

एजेन्सी– डेनमार्कमा करिब एक हजार वर्ष पुरानो विशाल भाइकिङकालीन कपडा