एडल्ट फिल्मबाट अलग्गिएकाहरु  | Khabarhub Khabarhub

एडल्ट फिल्मबाट अलग्गिएकाहरु 


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा पोर्न फिल्ममा प्रतिबन्ध लागे पनि यहाँ पोर्न साइटको दर्शक मनग्य छन् । सन् २०१४ को अन्त्यमा भारत पोर्न साइट हेर्ने विश्वको पाँचौं स्थानमा थियो, जबकी अमेरिका पहिलो स्थानमा थियो । एडल्ट फिल्महरूमा काम गरिसकेका अभिनेता र अभिनेत्रीहरूले भलै एडल्ट उद्योगलाई छोडे पनि उनीहरूको लोकप्रियतामा कमी आएको छैन । एडल्ट फिल्मका धेरै अभिनेत्रीहरूले एडल्ट उद्योगलाई छोडेर अहिले सामान्य जीवन बिताइरहेका छन् । यहाँ त्यस्तै केही अभिनेत्रीको चर्चा गरिएको छ ।

सनी लियोनी
बलिउडमा काम गरिरहेकी अभिनेत्री सनी लियोनी एडल्ट फिल्म उद्योगको अर्को चर्चित नाम हो । उनले सानो उमेरमै पोर्न फिल्ममा काम गर्न सुरु गरेकी थिइन् । उनको परिवार पनि उनको निर्णयको विरोधमा थियो । अहिले उनले पोर्न फिल्म उद्योग छोडिसकेकी छन् । भारतीय रियालिटी शो ‘बिग बोस’ मा आएपछि उनलाई बलिउडको बाटो खुलेको थियो ।

जेना प्रेस्ले
पूर्व पोर्नस्टार ब्रिटिनी द लोरा मेरालाई एडल्ट फिल्ममा ‘जेना प्रेस्ले’ नामले चिनिन्थ्यो । जेनाले अहिले एडल्ट फिल्म उद्योग छोडिसकेकी छन् । उनको यो निर्णयप्रति उनका पति पनि खुशी छन् । जेनाले सन् २००५ मा एडल्ट फिल्ममा काम गरेकी थिइन्, जुन समयमा उनको उमेर केवल १८ वर्षको मात्र थियो ।

मिया खलीफा
मिया खलिफा एडल्ट फिल्ममा नाम चलेकी स्टार थिइन् । विवाहअघि नै उनी पोर्न फिल्मबाट बिदा भइन् । उनले केही समयमात्र एडल्ट फिल्ममा काम गरेर लोकप्रियता कमाइन् । मियाका अनुसार पोर्न फिल्ममा काम गर्दा उनलाई ज्यानको धम्कीसमेत आएको थियो ।

जेन्ना जेम्सन
जेन्ना जेम्सन पनि पूर्वपोर्न फिल्म अभिनेत्री हुन् । उनलाई विश्वकै प्रख्यात अश्लिल स्टार र एडल्ट फिल्मको ‘क्विन’ भनिन्थ्यो । मोडलिङपछि जेन्नाले सन् १९९३ मा अश्लिल फिल्ममा अभिनय सुरु गरेकी थिइन् । उनी विश्वकै सर्वाधिक धनी पोर्नस्टार पनि हुन् ।

साशा ग्रे
कुनै समय पोर्न उद्योगको प्रख्यात अभिनेत्री रहिसकेकी साशा ग्रे अहिले हलिउडकी परिचित अभिनेत्री हुन् । एडल्ट फिल्मबाट सन्यास लिएर उनले हलिउड करियर फिल्म ‘द गर्लफ्रेण्ड एक्सपीरियन्स’ बाट सुरुवात गरेकी थिइन् । उनले कयौं विज्ञापन, म्युजिक भिडियोमा अभिनयसँगै म्यागाजिनको कभर पेजमा आफूलाई उभ्याइसकेकी छन् । उनले पुस्तक पनि लेखेकी छिन् ।

क्रिसी मोर्गन
सन् १९९६ देखि २००६ सम्म क्रिसी मोर्गनले पोर्न उद्योगमा काम गरिन् । यसपछि उनले आफूलाई अध्यात्मतिर अगाडि बढाइन् । उनले ५० भन्दा बढी फिल्ममा काम गरिसकेकी छन् । अहिले क्रिसी एडल्ट वेबसाइटबाट आफ्नो भिडियो हटाउन कानूनी लडाइमा छिन् ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ६ : ५० बजे

हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास

काठमाडौं– पूर्वयुवराज्ञी हिमानी शाहले जुम्लामा बर्थिङ सेन्टर शिलान्यास गरेकी छन्

फिल्म ‘रातो पासपोर्ट’ निर्माण घोषणा, पोर्चुगलको थिममा टाइटल पोस्टर

काठमाडौं – सिबर्डस् पिक्चर्स र होप्स बजले ट्राइडेन्ट कन्सेप्टसँग सहकार्य

स्कटल्यान्डले गुमायो पाचौँ विकेट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आइतबार भइरहेको खेलमा नेपालले

‘अर्थमन्त्रीज्यू ! डेड हर्स थ्यौरीतिर नलागौँ’

अङ्ग्रेजीमा ‘डेड हर्स थ्यौरी’ भन्ने एउटा मेटाफर (रूपक) छ, जसमा

आईपीओ निष्कासनमा चलखेलको खबरपछि मिडियामाथि खनिए सेबोन कर्मचारी

काठमाडौँ –नेपाल धितोपत्र बोर्ड (सेबोन)को ३३औँ वार्षिकोत्सव अवसरमा ललितपुरस्थित होटल