प्रधानसेनापति थापा र चीनका कमाण्डर बीच भेटवार्ता | Khabarhub Khabarhub

प्रधानसेनापति थापा र चीनका कमाण्डर बीच भेटवार्ता


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले मित्रराष्ट्र चीनका कमाण्डर जेनो झा जन्जीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

साताव्यापी भ्रमणका लागि चीन पुगेका थापाले चीनको चेंगदू, डुजुआंगान सिटीमा कमाण्डर जन्जीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

थापा चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा सप्ताहव्यापी भ्रमणका क्रममा चीन पुगेका थिए । थापाले चेंगदू, डुजुआंगान सिटीमा रहेका डुजुआंगान सिटीस्थित विभिन्न पर्यटकीय स्थलहरुको समेत भ्रमण गरेका छन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार, भ्रमणकै सिलसिलामा प्रधानसेनापति थापा बुधबार चेंगदूबाट बेइजिङ पुग्ने र बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

प्रधानसेनापति थापा औपचारिक भ्रमण समाप्त गरी उनि ७ गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  १ : ०१ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय