महोत्तरीमा वडाध्यक्षले सेवाग्राहीलाई हाने झापड « Khabarhub

महोत्तरीमा वडाध्यक्षले सेवाग्राहीलाई हाने झापड


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– सेवाग्राहीलाई महोत्तरीका एक वडा अध्यक्षले हातपात गरेको आरोप लागेको छ ।

वडामा सिफारिस लिन गएको वेला सामान्य विवादको क्रममा बर्दिबास-९ का वडा अध्यक्ष घुरण महतोले हातपात गरेका पीडितले गुनासो गरेका छन् ।

घरभाडामा बस्ने ६ महिनासम्म पनि नफर्किएपछि वडा-९ कै जितेन्द्र महतो सटरको चाबी तोड्नुपर्ने सिफारिस लिन बिहीबार वडा कार्यालय पुगेका थिए ।

पीडित भनिएका जितेन्द्र महतोका अनुसार कोरोना महामारीबाट प्रभावित सर्वसाधारणहरूलाई राहत लिन सिफारिसको लागी गएकी आफ्नी काकीको विषयमा विवाद भएको थियो ।

‘काकीको सिफारिसको लागी मैले वडा अध्यक्षलाई अनुरोध गर्दा एक्कासि रिसाउनुभयो,’ पीडित भनिएका महतोले भने ।

सामान्य विवाद हुन थालेपछि वडा अध्यक्ष घुरणले मोबाइल निकालेर भिडियो खिच्न थालेको उनको आरोप छ । किन भिडियो खिचेको भन्दा आफूलाई एक झापड हानेको उनले आरोप लगाए ।

यता अध्यक्ष महतोले भने जितेन्द्रमाथि कुनै हातपात नगरेको बताएका छन् । उल्टै महतोले आफूलाई हातपात गर्न खोजेपछि मोबाइल निकालेर रेकर्ड गर्न खोजेको बताए ।

पीडितले इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि दुवै जनालाई यस्तो हर्कत नदोहर्‍याउने सर्तमा प्रहरीले मिलापत्र गराएको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ११ : ११ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा