मुसहर युवायुवतीको  बालविवाह नगर्ने प्रतिबद्धता « Khabarhub

मुसहर युवायुवतीको  बालविवाह नगर्ने प्रतिबद्धता


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाहीको चन्द्र नगर गाउँपालिकाका मुसहर समुदायका युवायुवतीले बालविवाह नगर्ने प्रतिबद्धता जनाएका छन् । पोखरियामा लैङ्गिक रूपान्तरणका लागि सामाजिक मूल्य, मान्यता र व्यवहार परिवर्तन विषयक कार्यक्रममा वडा नं ४ पोखरियाका मुसहर समुदायका युवायुवतीले बालविवाह नगर्ने प्रतिबद्धता जनाएका वडाध्यक्ष सञ्जीवसिंह दनुवारले जानकारी दिए ।

मुसहर महिला सशक्तीकरण मञ्चमा आबद्ध भएपछि आफूहरूमा क्षमता विकास र सशक्तीकरणको चेतना वृद्धि हुँदै आएको भन्दै उनीहरूले अब बालविवाह नगर्ने जनाएका हुन् । मासिक बचत सङ्कलन गर्दै आएका त्यहाँका बालबालिकाले आफूहरूलाई कमाएको जति सबै खाएर उडाउने समुदाय भनेर आरोप लाग्ने गरेकामा अब समुदायमा नयाँ तरङ्ग ल्याउने बताए । आफूहरूले मासिक गर्ने बैठकको भत्तासमेत बैकमा खाता खोलेर जम्मा गर्दै आएको समूहकी अगुवा सुनिता माझी (मुसहर)ले बताइन् । 

आफ्नो समुदायको सशक्तीकरणमा लगानी गर्न स्थानीय सरकारसँग आग्रह गर्दै आएको, आफ्नो समुदाय तथा घरपरिवारका सदस्यको खराब व्यवहार सुधारका लागि विभिन्न समयमा तालिम लिने गरेको र तालिममा सिकेका कुरा व्यवहारमा लागू गरिने उनको भनाइ थियो । अगुवा माझीका अनुसार सशक्तीकरण मञ्चका सदस्यका परिवारलाई पनि व्यवहार परिवर्तन र सशक्तीकरणका विषयमा समय समयमा तालिम दिने गरिएको छ ।

वडाध्यक्ष दनुवारले मुसहर बालबालिकाको जन्म दर्ता गराउन सहयोग गर्ने, दलित विद्यार्थीलाई विद्यालयमा पठाउने वातावरण तयार गर्न वडा कार्यालयले गर्न सक्ने सबै गर्ने बताए। सर्लाहीको दलित तथा मुसहर समुदाय लैङ्गिक समानता र सामाजिक समावेशीकरणका क्षेत्रमा अझै निकै पछाडि परेको छ ।  असमानताको खाडललाई कम गर्न घरपरिवारदेखि नै परिवर्तनको सुरुवात गर्नुपर्दछ भन्ने उद्देश्यले सामाजिक मूल्य, मान्यता र व्यवहार परिवर्तन गर्न समय समयमा तालिम आवश्यक पर्ने साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताए। 

उनका अनुसार जिल्लाका चार स्थानीय निकायका १५० घरपरिवारका ७५०  माझी मुसहरलाई लैङ्गिक रूपान्तरणका लागि सामाजिक व्यवहार परिवर्तन तथा मूल्य मान्यतासम्बन्धी तालिम दिई सकिएको छ ।मुसहर समुदाय गरिबी, अशिक्षा, चेतनाको कमीका कारण हरेक क्षेत्रमा पिछडिएका अगुवा पचुलाल माझीले बताए ।

बालविवाह, मद्यपान तथा धूमपान, दाइजो प्रथा, जातीय छुवाछूत र विभिन्न सामाजिक मूल्यमान्यता आदिका कारण आर्थिक र सामाजिकरुपमा मुसहर समुदाय कमजोर रहेकाले खराब बानी व्यवहार हटाएर राम्रो कामको सुरुआत गर्नुपर्ने उनको भनाइ थियो । जिल्लाको बरथहवा, हरिपुर, बसबरीया र चन्द्र नगर गाउँपालिकामा मुसहर समुदायलाई समय-समयमा तालिम सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  २ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै