खप्तडको विकास र प्रचारका लागि नौ बुँदे प्रतिबद्धता | Khabarhub Khabarhub

खप्तडको विकास र प्रचारका लागि नौ बुँदे प्रतिबद्धता


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी –सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तडको विकास तथा प्रचारका लागि नौ बुँदे प्रतिबद्धता जारी गरिएको छ ।

आज खप्तड क्षेत्रमा पर्ने झिग्रानामा खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति र उद्योग वाणिज्य सङ्घ डोटीले खप्तड विकास र प्रचारका लागि आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

खप्तडलाई अन्तर्राष्ट्रिय म्याराथन बनाउने, खप्तड बाबाको समाधिस्थल बनाउने, राष्ट्रिय अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई आमन्त्रण गरी खप्तडमा चलचित्र सुटिङ गराउने, होमस्टेको व्यवस्था गर्ने र मध्यवर्ती क्षेत्रका मानिसलाई होमस्टेसम्बन्धी तालिम दिने, ध्यान केन्द्रित स्थानीय सामग्रीबाट बनेको गृह बनाउने योजना तयार गरिएको छ ।

यसैगरी बिचपानीसम्म सडक, बाह्य पर्यटकका लागि पैदल ट्रेकिङ, बीचबीचमा बाटोका सही सङ्केत तथा पथप्रदर्शकको व्यवस्था गरिने प्रतिबद्धता जारी गरिएको छ ।

भू स्वर्गका नामले परिचित खप्तडको विकास तथा प्रवर्द्धन साथै खप्तडमा आन्तरिक र बाह्य पर्यटकलाई के गर्दा खप्तडमा बढीभन्दा बढी भित्र्याउन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिएको थियो । खप्तड क्षेत्र पर्यटन विकासका कार्यकारी निर्देशक भीमबहादुर खड्काले खप्तडको विकासका लागि आगामी आर्थिक वर्षका योजना तथा उद्देश्यका बारेमा जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिंह खड्का, शिखर नगरपालिकाका प्रमुख दीर्घ बहादुर बलायर, पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्याय, आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्का, केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाही तथा डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेललगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ३ : ३९ बजे

सौर्यको जहाज दुर्घटनाबारे न्यायिक छानबिनको माग

काठमाडौं – सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग गर्दै पीडित

राहुघाट पहिरो अपडेट : ज्यान गुमाउने र घाइतेको पहिचान खुल्यो

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध

वामपन्थी गढ बोलिभियामा ढल्यो समाजवादी किल्ला

काठडमाडौं– ल्याटिन अमेरिकामा वामपन्थी राजनीतिको केन्द्र मानिने बोलिभियामा समाजवादी उम्मेदवारको

लोकतन्त्रलाई सुदृढ बनाउन सञ्चारमाध्यमको योगदान महत्त्वपूर्ण हुन्छः पूर्वराष्ट्रपति भण्डारी

मोरङ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चारमाध्यमले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन

सौर्य जहाज दुर्घटना पीडितका प्रश्नै प्रश्न, गृहमन्त्रीले भने : फेरि जाँच हुनुपर्छ, सहयोग गर्छु

काठमाडौँ– सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको न्यायिक जाँच गर्न माग गर्दै