चीन र भारतका विदेशमन्त्रीबीच भेटवार्ता « Khabarhub

चीन र भारतका विदेशमन्त्रीबीच भेटवार्ता


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच इन्डोनेसियाको पर्यटकीय सहर बालीमा भेटवार्ता भएको छ । उनीहरु जि२० को सम्मेलनमा सहभागी हुन इन्डोनेसियाको बालीमा छन् । त्यस क्रममा दुई मुलुकका विदेशमन्त्रीबीच भेटावार्ता भएको हो ।

भेटवार्ताका क्रममा विशेषगरी हालैका दिनमा युक्रेनमा विकसित भएको परिस्थितिका बारेमा कुराकानी भएको बताइएको छ । त्यस भेटका क्रममा चिनियाँ विदेशमन्त्री यीले अहिलेको अवस्थामा युक्रेनमा युद्ध गर्ने र शीतयुद्धको जस्तो अवस्था निम्त्याउने भन्दा पनि दुबै तर्फबाट वार्ताको प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएको बताइएको छ ।

रुसले युक्रेनमाथि हमला जारी राखेको छ । गत महिनादेखिको यो युद्धका कारण रुस र युक्रेन दुवैलाई राम्रो नगरेको भन्दै यी दुई देशले आक्रमणलाई नभएर वार्ताको प्रक्रिया थाल्नुपर्नेमा चिनियाँ विदेशमन्त्रीले जोड दिएका थिए ।

सो भेटका क्रममा चिनियाँ विदेशमन्त्री यीले युक्रेन र रुसको पछिल्लो तनावको अवस्थालाई कम गरी आपसी सहयोग र समन्वयबाट विश्व समुदायले नै यी दुई देशलाई वार्ताका लागि तयार गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ४ : ०५ बजे

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै