भानुभक्तको जीवनीमा भिडियो  « Khabarhub

भानुभक्तको जीवनीमा भिडियो 


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आदिकवि भानुभक्त आचार्यप्रति समर्पित नयाँ गीत सार्वजनिक गरिएको छ । ‘भानुभक्त’ बोलको गीतमा सन्च मान राईको शब्द र किरण गजमेरको स्वर रहेको छ । गीतमा विश्वास गुरुङको संगीत रहेको छ । 

वि.स. १८७१ असार २९ गते तनहुँमा जन्मिएका भानुभक्त आचार्य नेपाली साहित्यमा आदिकविको रुपमा परिचित छन् । आचार्यको वि.स. १९२५ असोज ६ गते मृत्यु भएको थियो । उनै आदिकवि आचार्यको जीवनीका बारेमा शोधपत्र तयार गर्न काठमाडौंबाट तनहुँ पुगेका एक युवाले केके पाए भन्ने विषयमा भिडियो तयार गरिएको छ ।

गीतको भिडियोमा भने कमल सिंहले अभिनय गरेका छन् । उत्सव दाहालले खिचेको भिडियो प्रकाश दाहालले निर्देशन गरेका हुन् । भिडियो कोरियाग्राफ केशव राज भट्टको रहेको छ । भिडियोको एसोसियट डाइरेक्टरको रुपमा लोकराज अधिकारी रहेका छन् ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ७ : ०० बजे

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका