राज बब्बरलाई दुई वर्ष जेल सजाय « Khabarhub

राज बब्बरलाई दुई वर्ष जेल सजाय


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता तथा कांग्रेसका नेता राज बब्बर दुई वर्षको लागि जेल जानु पर्ने भएको छ । २६ वर्ष पुरानो एक मुद्दामा उनलाई दुई वर्ष जेल सजाय अदालतले सुनाइएको भारतीय सञ्चार माध्यममा उल्लेख छ। लखनउको एमपीरएमएलए अदालतले उनलाई ८ हजार ५ सय भारतीय रुपैयाँ जरिवाना तिर्न लगाएको छ। तर अदालतले उनलाई यस मुद्दामा अन्तरिम जमानत पनि दिएको छ। अब उनी ३० दिनभित्र उच्च अदालतमा पेश हुनुपर्ने छ।

राज बब्बरले यस फैसलाविरुद्ध उच्च अदालतमा निवेदन दिने बताउँदै तयारी समेत थालेका छन् । यो १९९६ मा घटेको एक घटनाको आधारमा उनलाई सजाय सुनाइएको हो । तात्कालिक समयमा मतदान अधिकारी श्रीकृष्ण राणाले समाजवादीको प्रत्याशी राज बब्बरसहित केही व्यक्तिविरुद्ध उजुरी दिएका थिए। उक्त उजुरीमा राज बब्बरले आफ्नो समर्थकसँग मतदान स्थलमा छिरेर मतदान प्रक्रियामा बाधा पुर्‍याएको उल्लेख छ। साथै उनले मतदान स्थलमा चुनाव अधिकारीलाई कुटपिट समेत गरेका थिए। यस घटनामा केही व्यक्ति घाइते भएका थिए।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ७ : ३६ बजे

दलगत ट्रेड युनियन खारेज गर्छौं : रास्वपा 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलगत ट्रेड युनियन खारेज गर्ने

तलब खाएर राजनीतिक दलप्रति निष्ठा राख्नु अनैतिक र दण्डनीय हो : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी घोषणापत्रमा जनताको करबाट तलब

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही– सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते

०४८ देखि सार्वजनिक पदमा भएका सबैको सम्पत्ति छानबिन गर्ने कांग्रेसको प्रतिज्ञा

काठमाडौं‍- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाललाई पाँच वर्षभित्र

‘कांग्रेसले ०४६ देखि ५१ सम्म सरकार चलाएको समय स्वर्णिम युग, त्यहीबेला मुलुकको आर्थिक जग बस्यो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्मको